बागलुङ, १ चैत – अर्थ मन्त्रालयबाट बिहीबारदेखि तेस्रो किस्ताको रुपमा स्थानीय तहलाई ७५ अर्व रुपैयाँ निकासा प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा तेस्रो किस्ताको रकम पठाउने प्रक्रिया सुरु गर्न लागको मन्त्रालयलको सहसचिव अर्जुन प्रसाद पोखरेलले जानाकारी गराएका हुन्। उक्त रकम बजेट चालु आवको बजेट अनुसार जान लागेको उनको भनाइ छ।
स्थानीय तहमा चालू आवको लगि अनुदानबाट एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान शीर्षक बाट ७६ अर्ब ४१ करोड रुपैयाँ गरी दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ। सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस मध्ये ७५ अर्ब रुपैयाँका चालु आव सुरु हुने वित्तिकै तथा पुस मसान्तपछि स्थानीय तहमा गइसकको छ। तेस्रो किस्तास्वरुप ७५ अर्ब रुपैंया स्थानीय तह जान लागको हो।
बाँकी रकम अर्को किस्ताको रुपमा स्थानीय तहमा पठाइने अर्थ मन्त्रालयले जानाकारी गराएको छ। यो सबै रकम बैंकमार्फत नै खर्च हुने हो। त्यसले हालको बैंकको तरलता अभावलाई पनि सहयोग गर्ने विश्वास वाणिज्य बैंकहरुले लिएका छन्। बैंकर तथा नबिल बैंकका कामु सिइओ अनिल केशरी शाह भन्छन्, ‘यो रकमले बैंकिङ क्षेत्रकाे तरलता अभाव पूर्ति गर्न ठूलो मद्दत गर्नेछ। तर सरकारले समयमै रकम निकासा गर्छ गर्दैन भन्ने पक्ष महत्वपूर्ण छ।’ परिमाणको हिसाबले पनि ठूलो रकम भएकाले यसले अहिलेको समस्या समाधान गर्न सक्ने उनको बुझाइ छ।
अर्का बैंकर तथा प्रभु बैंकका सिइयो अशोक शेरचन सरकारी बजेटको पैसाले नै तरलता समाधान होस् भन्ने आफूहरुको बुझाइ रहेको बताउँछन्। स्थानीय तहको बजेट निकासालाई हामीले पर्खिरहेकोले यो निकासा हाम्रो लागि विशेष रहने उनको भनाइ छ। यो पैसा केन्द्रमा नै नबसोस् भन्ने बैंकहरुले चाहेको उनले बताए। स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहन्छ। जसले गर्दा बैंकहरुको तरलताको अभावलाई प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ।