बागलुङ, ३० फागुन– प्राकृतिक तथा अन्य समस्याबाट पिडित भएकाहरुकालागि सहयोग गर्न स्थापित यि क्यान डु ‘सहयोगी हातहरु’ नामक समूहले पर्वतको शंकरपोखरीमा आगालागी पिडितलाई सहयोग गरेको छ ।
पर्वतको कुश्माबाट संचालित यो समूहका अगुवाहरुले फलेवास नगरपालिका ३ शंकरपोखरीका लेखनाथ सापकोटाको परिवारलाई खाद्यान्न, लत्ताकपडा र जस्तापाता सहयोग गरेको हो । त्यस्तै बालबालिकालाई पढ्ने लेख्ने कापीकलम समेत लगेर समूहका सुवास पौडेल र भरत केसीले सहयोग हस्तान्तरण गरे । एक साता अघि आगोलागिबाट घर जलेर नष्ट भएपछि सापकोटाको परिवार छिमेकीको आश्रयमा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर भएकोले तत्काल घर बनाएर बस्न नसक्ने अवस्थाको भएपछि उनीहरुले दुःख झेल्न बाध्य छन् । सापकोटाको घरमै पुगेर गरिएको सहयोगसंगै सरकारी तथा गैरसरकारी संस्थालाई पिडितको घरमा पुग्न आग्रह गरिएको समूहकी सदस्य बिना शर्मा बरालले बताईन् । अहिलेसम्म उनीहरुको परिवारलाई कुनै पनि संघसंस्थाले सहयोग गरेको थिएन ।
Previous Article३० फागुन २०७४, ढोरपाटन दैनिक
Next Article भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन