काठमाडौं, २९ फागुन – सर्वोच्च अदालतका ६ जना न्यायाधीशले मंगलबार इजलास बस्न अस्वीकार गरेका छन् । न्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका थिए ।
त्यसको भोलिपल्ट प्रधानन्यायाधीश गोपाल पराजुलीले राणालाई इजलासमा नराखि अरु न्यायाधीशहरुको इजलास तोकेका थिए । तर, प्रधानन्यायाधीश पराजुलीले इजलास तोकेपनि मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका थिए ।
एक पूर्व महान्याधिवक्ताले न्यायाधीशहरुले इजलास बहिस्कार गरेर अदालतलाई ट्रेड युनियन बनाउन लागेको भन्दै न्यायलयलाई बद्नाम गर्न नहुने बताए । उनले भने ‘मंगलबारको श्रीमानहरुको तरिका हेर्दा अदालतलाई ट्रेड युनियन बनाउन खोजेको देखिन्छ यसले न्यायालयको गरिमा बचाउदैन ।’
सर्वोच्च अदालतका ६ जना न्यायाधीशको ‘विद्रोह’ !
Previous Articleपर्वतमा अग्ला पुलले जोड्दै छ समृद्धिको यात्रा
Next Article राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित