बागलुङ, २७ फागुन – आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा अधिबेशन आईतवार महिला बिकास कार्यलय बागलुङमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै संस्थाको अध्यक्ष एवं पूर्व सहकारी राज्यमन्त्रि चम्पा खड्काले आफुले सहकारी मन्त्री हुदाँ नयाँ नीति ल्याउन पहल गरेको वताईन ।
कार्यक्रममा सत्कर्म नेपालका समाजिक अभियान्ता सिताराम थापाले सहकारीलाई अबको राज्यले प्रमुख प्राथामिकता दिने बताउदै तीन खम्बे नीति अनुसार नमुना महिला सहकारी बनाउन सुझाव दिए । सो अवसरमा संस्थापक अध्यक्ष बिमला सापकोटा, बानपाका कार्यपालिका सदस्य लक्ष्मि बाहोरा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अधिबेशनले कल्पना चालिसेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा लिलावति केसी, सचिवमा ज्ञानुदेबि थापा मगर, कोषाध्यक्षमा पम्फा किसान र सदस्यहरुमा राजेश्वरी श्रेष्ठ, अनुजा साक्य, पार्वती रोका, संगिता बाहोरा, नुनुमाया थापा मगर चयन भएका छन । सल्लाहाकारमा सभासद ज्ञान कुमारी छन्त्याल, चम्पादेवी खड्का र सिताराम थापा रहेका छन । चम्पादेवी खड्काको अध्यक्षता, कल्पना चालिसेको स्वागत र ज्ञानु थापाको संचालनमा कार्यक्रम समपन्न भएको थियो । साधारणसभाले संस्थाको बार्षिक प्रगतिप्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेका सचिव थापामगरले वताईन ।
Previous Articleआर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी
Next Article सी जिनपिङ बन्ने भए ‘आजीवन’ राष्ट्रपति !