बागलुङ, २६ फागुन – जिम्बाव्बेमा जारी आइसीसी विश्व छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। बुलाबायो एथ्लेटिक क्लबको मैदानमा नेपालले दिएको १९५ रनको लक्ष्य ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा अविजित रहे। ४७ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।
रहमत शाहले ७५ बल खेल्दै ५ चौकासहित ४६ रन जोडे। मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। जावेद अहमदले ५४ बलमा १ चौकासहित २६ रन बनाउँदा कप्तान रसिद खान ५ चौकासहित २१ रन सीमित भए। समिउल्लाह शेनवारी ८ रनमा अविजित रहे। यसअघि बुलाबायोमा टस जितेर व्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो।
खेलमा नेपालको ओपनिङ ब्याट्म्यानले लय समात्न सकेनन्। पहिलो विकेटका रूपमा चौंथो ओभरमा अनिल कुमार शाह ७ रन जोड्दै मुजिब उर रहमानको बलमा एल बि डब्लु धरापमा परेका थिए। नेपालले दोस्रो विकेटका रूपमा २६ ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई २३ रनमा गुमायो।
ज्ञानेन्द्रले ६९ बलको सामना गरी २ चौंकाको मद्दतमा २३ रन जोडेका थिए। उनी रसिद खानको बलमा एल बि डब्लु आउट भएका थिए। तेस्रो विकेट रूपमा कप्तान पारस खड्का २८.५ ओभरको खेल चलिरहदा ८२ बलमा १ चौंका र १ छक्काको सहायतामा सर्वाधिक ७५ रन जोडदै मोहम्मद नाबीको बलमा क्याच आउट भए।
रोहितकुमार पौडेल चौथो विकेटका रूपमा १ रन जोड्दै मोहम्मद नाबीको बलमा क्याच आउट हुँदा नेपालको खेल ३२.४ ओभरमा जारी थियो। पौडेल आउट भएको केही समयपछि दिपेन्द्रसिहं ऐरी पनि ३२ रन जोड्दै आउट भए। ऐरी ३७.४ ओभरमा ४१ बलको सामना गरी ३ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाउदै रसिद खानको बलमा क्याच आउट भए।
नेपालले छैटो र सातौं विकेट लगातार ४४.४ र ४४.५ ओभरमा गुमायो। छैटो विकेटका रुपमा आरिफ शेख ३६ बलमा २३ रन जोडदै मोहम्मद नाबीको बलमा क्याच आउट भए। आरिफ आउट भएको अर्को बलमा सोमपाल कामी पनि मोहम्मद नाबीकौ बलमा ९ रन बनाउदै क्याच आउट भएका थिए।
आठौं विकेटका रूपमा करण केसी ७ बलमा एक छक्काको मद्दतमा ६ रन जोड्दै ४८.३ ओभरमा सपुर जद्रानको बलमा क्याच आउट भए। ९ औ विकेटका रूपमा सन्दिप लामिछाने पनि ४९ ओभरमा रसिद खानको बलमा ० रनमै क्याटआउट भए। नेपालका लागि १० औ विकेटका रूपमा ललिल राजवंशी ० रनमा आउट भएका थिए।
Previous Articleदेब्रेकोसट्टा दाहिने घुँडा शल्यक्रिया गर्ने डाक्टर निलम्बित
Next Article म एक श्रीमती चाहन्छु