बागलुङ, २६ फागुन– काठेखोला गाउँपालिका वडा नं. ७ रेश स्थित रेश नुन्थला माध्यमिक विद्यालयको सर्वगिण विकासको लागी २२ लाख १ हजार २ सय रुपैया चन्दा शंकलन भएको छ ।
विद्यालयको शैक्षिक विकासका लागि विद्यालयलाई सहयोग गरौ अभियान सञ्चालन गरेपछि एक वर्षको अवधीमा सो रकम सहयोग प्राप्त भएको हो । विद्यालयको भौतिक पूर्वाधार निर्माणसंगै शैक्षिक विकासका लागि सो वडामा बस्ने लगायत देश विदेशका विभिन्न स्थानमा स्थायी वा अस्थायी बसोबास गर्नेहरुलाई लक्षित गरी विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उदेश्यले अभियान सञ्चालन गरिएको छ । सहयोग दाताहरुलाई शुक्रवार आयोजित ६२ औ वार्षिक उत्सव तथा अभिभाव दिवसको अवसरमा सम्मान समेत गरिएको छ ।
अभियान अन्तरगत विद्यालयले जनताको प्रत्यक्ष सहभागिता र सहयोग रहने गरी योजना निर्माण गरेको र उक्त योजना अनुसार अगाडि बढ्न अभिभावक र वडावासी जनसमुदायले सुझाव दिए अनुसार अभियान संचालन गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अम्मर वहादुर थापालले युग र समय सापेक्षे शिक्षा निति आवश्यक रहेको बताए । समृद्धिको पहिलो आधार शिक्षा भएकोले वजारमा विक्ने शिक्षाको आधार तय गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रश सोसाई बागलुङका सभापति जव्वरवहादुर लामिछाने ,काठेखोला गाउपालिका वडा नम्वर ७ का वडा अध्यक्ष प्रेम लामिछाने श्रोत व्यक्ति रामानन्द कडेल,विललय व्यवस्थापन समितिका पुर्व अध्यक्ष डिलवहादुर कार्की ,आदर्श संचार सहकारी स्थाका उपाध्यक्ष अञ्जु जिसी ,नेपाली काग्रेस रेशका सभापति प्रेम वहादुर कार्की,शिक्षक अभिभाव संघका अध्यक्ष लिलाराम सुनार पुर्व अध्यक्ष गोविन्द वहादुर कार्की,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र वहादुर कार्की,पुर्व शिक्षक तिलवहदुर थापा,लिलाराम सापकोटा,सरस्वती प्रविका प्रअ भिमवहादुर थापा,विद्यार्थी डकुमारी कार्की,गणेश कुवर लगागएतले बोलेका थिए ।
कार्यक्रममा चन्दादाता पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,पुर्व शिक्षक , अक्षयकोष दाताहरुलाई सम्मान पत्रले सम्मन गरिएको थियो । त्यस्तै उत्कृष्ठ शिक्षकको रुपमा डिलवहादुर कार्की र उत्कृष्ठ अभिभावक भिमा थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका समाग्रि प्रर्दशनी तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम शिक्षक हरीवहादुर कुवरको स्वागत संचालन शिक्षक डिलवहादुर कार्कीले गर्नु भएको थियो । कक्षा १ देखी ५ सम्म अग्रेजी माध्ययममा अध्यापन भैरहेको सो विद्यालयमा आगामी शैक्षिक सत्रवाट ६ देखी १० कक्षा सम्म गणित र विज्ञान विषय अग्रेजी माध्ययममा शिक्षण गरिने जनाईउको छ । त्यस्तै केजी देखी कक्षा ३ सम्म कम्प्युटरको व्यवस्था गरी अडियो भिडियोको माध्यमवाट पढाई संचालन गर्ने तयारी गरेको विद्यालयले जनाएको छ ।
Previous Articleपञ्चकोटको मुल व्यवस्थापन समिति अध्यक्षमा ऋषि प्रपन्नाचार्य
Next Article सार्वजनिक बिदा कटौती, १०५ बाट ८४ मा झार्न प्रस्ताव