बागलुङ, २५ फागुन– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले प्रकाशित धौलागिरि जागरण दैनिकको एघारौं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । पत्रिकाले आफ्नो वार्षिकोत्सव बरेङ गाउँपालिका–२ हुग्दिशीरमा सम्पन्न गरेको हो । सदरमुकाम बागलुङ बजारबाट प्रकाशित पत्रिकाको वार्षिकोत्सव हरेक वर्ष ग्रामिण क्षेत्रमा गरिदै आएको छ । वार्षिकोत्सव समारोहमा बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले स्थानिय स्तरमा कर्मचारीको अभाव भएपनि जनतालाई लोकतन्त्रको प्रत्याभुति दिलाउने गरी काम गर्ने बताए । उनले स्थानिय स्तरमा भएका स्रोत र सधानको प्रयोग गरेर विकास सम्वृद्धी र समतामुलक समाज निर्माणमा आफुहरु अहोरात्र खटेर लाग्ने बताए ।
कार्यक्रममा बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अविरल’ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन गर्दै आदर्श सञ्चार सहकारी संस्था तथा धौलागिरि जागरण पत्रिकाको बारेमा सम्पादक राम बहादुर जि.सीले जानकरी दिएका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष अञ्जु जिसी र स्वागत कोषाध्क्षय अनन्तबहादुर खड्काले गरेका थिए ।
२०६३ मंसिर २७ गते धौलागिरीको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले २०६३ फागुन २३ गतेदेखि धौलागिरि जागरण र २०६८ कात्तिक १० गतेदेखि अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको छ । पत्रिका प्रकाशनसंगै धौलागिरि टेलिभिजन सञ्चालनमा साझेदारी, वचत तथा ऋणको कारोबार लगायत सामाजिक अभियानमा संस्थाले निरन्तर रुपमा आफ्ना अभियानहरु सफलतापूर्व सञ्चालन गर्दै आइरहेको छ । संस्थामा हाल १ हजार १ सय ५० जना शेयर सदस्य, २ करोड ७५ लाख शेयर रकम, ८ करोड वचत र साढे ११ करोड लगानी रहेको सम्पादक जिसीले जानकारी दिए । १० वर्षे रणनीतिक योजना निर्माण गरी अगाडि बढेको आदर्श सञ्चारले २०८० सालसम्म ५ हजारभन्दा बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड वचत र ५० करोड लगानी गर्ने लक्ष्य लिएको छ ।
Previous Articleलक्ष्यअघिनै सिंचाइ आयोना सम्पन्न
Next Article गर्भवती महिलाको स्वास्थ्य जाँच हुने