बागलुङ, २४ फागुन – जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग चार विकेटले पराजित भएको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ६ विकेटको क्षतिमा ४१ दशमलव ३ ओभर खेल्दा १५३ रन बनाएरर सहजै भेट्टाएको हो । ५१ बल बाँकी हुँदै स्कटल्याण्डले नेपालमाथि सहज जित दर्ता गरेको हो ।
स्कटल्याण्डका लागि नटआउट सर्वाधिक केजी कोटिजरले १३६ बलमा ८८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले र बसन्त रेग्मीले दुई–दुई विकेट लिएका छन् भने ललित नारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।
Previous Articleप्रदेश ४ को मन्त्रिपरिषदबाट आर्थिक कार्यविधि पारित
Next Article ‘सिमसिमे पानीमा’ का गायिकाको यस्तो छ २५ बर्षे यात्रा