बागलुङ, २३ फागुन – सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीनजना सदस्यलाई शपथ गर्न दिन आदेश जारी गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट राष्ट्रिय सभाका लागि सिफारिस भएका तीन सदस्यलाई सपथ गर्ने बाटो खोलिदिँदै अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीशद्वय केदार चालिसे र शारदा घिमिरेको इजलालले यसअघि दिइएको अल्पकालिन आदेश खारेज गरेको हो । तीनजनाको नियुक्तिसम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका कृष्ण पाैडेलसहितले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
यो आदेशसँगै अर्थमन्त्री बनिसकेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई राष्ट्रिय सभा सदस्यको शपथ लिने बाटो खुल्ला भएको छ । यसअघि फागुन १३ गते सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले ओली सरकारबाट सिफारिस तीनै सदस्यलाई राष्ट्रिय सभाको शपथ लिन रोक लगाएको थियो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न दिएको आदेश खारेज गर्दै सर्वोच्चले सपथको बाटो खोलिदिएको हो ।
Previous Articleसुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
Next Article सरकारले आर्थिक वृद्धिदरको लक्ष्य घटायो