बागलुङ, २३ फागुन – गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र सुदृढ बनाउन निर्देशन दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बुधवारको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन्।
उनले सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने विषयलाई मुख्य प्राथमिकता राखेको बताउँदै त्यस दिशामा जान शान्ति सुरक्षाको सुनिश्चितता पहिलो शर्त भएको औँल्याए।
निर्वाचनमार्फत जनताले शान्ति, सुशासन र स्थिरताका लागि जनादेश दिएको भन्दै उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरु निरुत्साहित हुने गरी सुरक्षा निकायले काम गर्नुपर्नेमा जोडदिए।रासस
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
Previous Articleराष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी दर्ता
Next Article अर्थमन्त्रीसहित ३ सांसदको सपथग्रहणको बाटो खुल्यो