कृष्ण प्रसाद शर्मा
जे भनेर चुनाव लडिएको थियो अब त्यो सबै हातमा छ । देशमा राजनैतिक स्थिरता भएन हामीलाई बहुमत देउ भनियो । जनता दिए । संघियताले देश कायापलट हुन्छ भनिएको थियो जनताले भित्र नमाने पनि बाहिर मानिदिए अब विकास कसरी रोखिएला ।
केपी ओलीले सपथ खांदाको दिन एक फोटो पत्रकारले लिएको एउटा तस्वीर छ जसलाई हेरेपछि शेर बहादुर र केपीको दुरी कति टाढा छ थाहा हुन्छ । फोटोले भन्दै थियो अब देख्लास् । दुबैको मनले पक्कै फरक कही भनेन होला । अहिले शेर बहादुरले सत्ता छोडेर जाँदा ८१ अर्बको ऋण छोडेर बाहिरिएका छन् । शेर बहादुरले काँग्रेस चुनावमा हारेपछि पनि कुनै दिन बाँकी राखेनन् राज्यको पैसा बाँढ्न । अरूले त लगे लगे ढुकुटीका राजै रहेका भीमसेन दासले समेत हात पारे पचास लाख । पैसा यसरी बाँडेर उनले दुबै सन्देश दिए । एकातिर रकम मागेका मान्छेसँग जाती अर्कोतिर आउने सरकारले चाहे पनि पैसाको अभावमा काम गर्न नसकोस् भन्ने । यि दुई अभिष्टले काम भएका थिए । गगन थापा जस्ताले विरोध पनि गरे तर त्यो सुनुवाई भएन । अझै अब संसदीय दलको नेतामा उमेदवार हुने रुचीले थाहा लाग्छ पार्टिमा शेर बहादुर के हुन भनेर ।
केपी ओलीले गर्न खोजेको कुरा उनले भर्खर नियुक्त गरेका अर्थमन्त्रीको चयनले देखाउँछ । तर अर्थमन्त्री नहुँदै युवराज खतिवडाले बोलेका कुरा अब भएपछि पुरा गर्ने आशा छ तर त्यही सजिलो भने छैन । उनी अर्थमन्त्री भएपछि भन्सारमा राजश्व वृद्धि भएको सूचना आएका छन् यो शुभ संकेत हो तर उनी एक्लैले गर्ने त पक्कै होईन टीम ठीक हुन जरुरी छ । यदि भन्सारमा वृद्धी भएको होभने पहिले किन न्युन भयो त्यो जान्न जरुरी छ । एउटा लेखमा विकासविद् डा.सुर्यराज आचार्यले भन्नु भएको थियो विकास गर्न ढुकुटी भरी हुनै पर्छ भन्ने हुँदैन । कुरा ठीक हो । सार्कका केही देशहरू हेरौं उनीहरूसँग खासै पैसा थिएन तर पनि बिकास गरे । किन कि विश्वास, आत्मविश्वास र देश अनुकुल परियोजना । राज्यले लिएको ऋण राज्यमा कम्तिमा ५ बर्ष कोही रहन्छ भन्ने लागे पछि लगानी गर्न तयार हुन्छन् । जस्तो नौ नौ महिनामा फेरिने सरकारका प्रमुखलाई फोनबाट शुभकामना दिनेहरू अब भ्रमण गरेरै शुभकामना र बधाई दिन आएका छन् । यो केवल औपचारिकता मात्र होईन की यो स्थाईत्व प्रति विदेशीको चासो पनि हो ।
लालबाबु पण्डितलाई मन्त्रीमा ल्याउनु ठीक हो तर उनलाई अझै गर्न सक्ने मन्त्रालयमा लैजाँदा ठीक होला । भारतले अहिले भुटानमा गरेको लगानी भुटान अनुकुल छ । शुरुमा थियो पछि बीचमा ठीक भएन फेरी ठीक हुँदैछ । यसको अर्थ देशले आँफु अनुकुल परियोजना सृजना गरे त्यसले थप अनुकुलन गराउँछ । खाली ढुकुटीले विकास हुन गाह्रो पक्कै हो तर स्थायी सरकारको प्रत्याभुती दिने गरी योजना तर्जुमा गरे विकासका लागी विदेशीकै मुख ताक्नु पर्ने हुँदैन । एउटा भाषणमा विवेकशील साझाका संयोजक रबीन्द्र मिश्रले जसरी भारतमा मनमोहन सिंहले मुद्रा स्फुर्ति भएका बेला बिदेश बस्नेलाई सहयोगका लागि आव्हान गरे त्यसरी नै नेपालीलाई गरे ठीक हुन्छ भनेका थिए त्यसमा केपी ओली सकरात्मक कुरा हो भन्दै थिए जुन बेला पहिलो पटक केपी प्रम थिए । कुनै बेला केपीले भाषणमा भनेका कुरा हांस्यास्पद लाग्यो सबैले उडाए तर फेरी चुनाव ताका कुनैपनि पार्टि बाँकी भएन की चुच्चे रेलको फोटो नहाली घोषणापत्र निकाल्ने । अहिले सबैको मुखमा समृद्धी झुण्डिएको छ । समृद्धी हाम्रै पाला भनेर लेखेर बहस चलाउने रबीन्द्र मिश्र थिए । बाबुरामले टप्प टिपेर नारा नै बनाईदिए । अहिले प्रचण्डले समेत समृद्धी दिने गरी विकास गरिन्छ भनिरहेछन् । अहिले सबैलाई समृद्धीको भोक छ तर भाँडामा खर्चपर्च छैन ।
बिकास कसरी गर्न सकिन्छ भन्ने एउटा मोडेल हामी कहाँ तयार पार्न जरुरी छ । शान्ति प्रकृयाको मोडेलले विश्व चकित पार्यो भनेकै दश बर्ष बित्यो त्यो चकित विकासमा कसरी ल्याउने सोचौं । अहिले निकाल्न नमिल्ने तर देखिएको ठुलो रकम छ नेपालका बैंकमा । निकाल्न नमिल्ने भन्नाले दायित्व सम्बन्धित निकायमै रहने गरी थुप्रिएका रकमलाई कसरी लगानी गर्ने सोचनीय छ । अस्ति भर्खर श्रोत नखुलेका रकमको बैधानिकरण गर्न आग्रह गर्दै एक टोली प्रमलाई भेट्यो यसले भयको वातावरण सृजना गर्छ । निकाल्न नमिल्ने धन भनेको यो होईन फेरी । संचयकोष, वैदेशिक कल्याणकारी कोष यिनमा रहेको ठुलो रकम बिना कारण अल्झिएका छन् । यसलाई लगानी गर्नु पर्यो । विकाशोन्मुख देशहरू बिकशितको चरणमा पुग्नका लागी जुन–जुन देशले बिकास गरे पैसाको अभावले काम रोकिएन । पछिल्लो चरण बिकास भएका मलेसिया र दक्षिण कोरियाका बिकास जे जति भए त्यहाँ आफ्नै देशको पैसाले होईन बिश्वासले हो । त्यसैले हामीले त्यो नजिरलाई हाम्रो माटो अनुरुप लागु गरौ । खातामा पैसा नभए पनि आत्मविश्वास र राज्य प्रति विश्वास दिएर अब अगाडी बढौं सम्भव समृद्धी हाम्रै पालामा ।
Previous Articleविकासका लागि भावनात्मक एकता (अन्तरवार्ता)
Next Article जुहारी नखेलौ परिक्षण रिपोर्ट कुरौं