तारानाथ आचार्य
बागलुङ, २१ फागुन– जिल्ला सदरमुकाम नजिकै रहेको एक गाउँमा नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाईन बिस्तारको लागि प्रयोग भएका काठका पोल यहि बर्ष भित्र बिस्थापित हुने भएका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा रहेका काठेपोल बिस्थापनको काम थालिएको हो । वडा कार्यालयको पहल र नेपाल बिद्युत प्रधिकारण बितरण केन्द्र बागलुङ तथा जिल्ला समन्वय समितिको सहयोगमा काठेपोल बिस्थापनको काम थालिएको वडा कार्यालयले जनाएको छ ।
वडाभित्र रहेका ९१ वटा काठको पोलको सट्टा फलामे पोल जडान गरेर काठेपोल बिस्थापन गर्न लागिएको वडाअध्यक्ष गणेश थापाले जानकारी दिए । ११ केभि प्रसारण लाईनमा प्रयोग भएका काठे पोलका कारण बिद्युतिय जोखिम बढि हुने भएकाले काठेपोललाई बिस्थापित गर्दै फलामे पोल जडानको काम थालिएको थापाले बताए । छिट्टै जिर्ण हुने र सामान्य हावा हुरीमा समेत भाँचिन सक्ने भएकाले काठेपोलमार्फत बिद्युतको प्रशारण निकै जोखिमपुर्ण रहेको थापाको भनाई थियो । ‘स्थानिय सर्वसाधारण निकै जोखिममा बिजुली बालिरहेका थिए’ थापाले भने ‘काठका पोलका कारण जुनसुकै समयमा हुन सक्ने दुर्घटना कम गर्न हामीले फलामे पोल परिवर्तन गर्ने कामलाई तिब्रता दिएका हौं ।’ काठेपोल बिस्थापन भएपछि जडान गरिएका फलामे पोलहरुले कम्तीमा २० बर्ष ठुक्कसँग बिद्युतको उपभोग गर्न सकिने वातावरण बनेको थापाको भनाई थियो ।
२०५२/०५३ सालमा केन्द्रिय प्रसारण लाईन बिस्तार भएको तित्याङमा २० बर्ष बितिसक्दा समेत ७० भन्दा धेरै काठेपोलमार्फत बिद्युत प्रसारण लाईन बिस्तार भएको थियो । पुराना काठेपोल बिस्थापन र अपायक पर्ने ठाउँहरुमा नयाँ पोल थप गरेर यो आर्थिक बर्षमा नै ९१ फलामे पोल जडानको काम सम्पन्न हुने छ । नेपाल बिद्युत प्राधिकरणले केही फलामे पोल र जिल्ला समन्वय समितीले दिएका केही फलामे फोलहरु परिवर्तन गरी सकीएको छभने नपुगेको ठाउँमा समेत काम चलिरहेको वडा अध्यक्ष थापाले बताए ।
ढुवानीका लागि वडा कार्यालयले बजेटको व्यवस्थापन गरेको छ भने पोलको लागि आवश्यक खाडल खन्ने र पुनः जडान गर्ने काम स्थानिय सर्वसाधारणको श्रमदानमा भैरहेको जनाएको छ । ‘स्थानियले उत्साहित भएर पोल फेर्ने काममा सघाई रहनु भएको छ’ थापा भन्छन् ‘गाउँलेको दुर्घटना हुन सक्ने जोखिम कम गर्न निर्वाचित हुँदाको दिनदेखि नै पोल फेर्ने प्रण गरेको थिए ।’वडाले प्रसारण लाईनका रुख समेत काटदै छ ।
Previous Articleदानको भरमा संस्कृति विद्यालय
Next Article २१ फागुन २०७४, ढोरपाटन दैनिक