राजेशचन्द्र राजभण्डारी
नामिबियामा भएको बिश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा उपबिजेता बन्दै नेपालले दोस्रोपटक बिश्वकप छनोेटमा परेको छ । सबै कुरामा राजनीति भए जस्तो क्रिकेट खेलमा समेत राजनीतिबाट अछुतो रहन सकेको थिएन । केही समय यता भने क्रिकेट खेलले राम्रो प्रगति गर्दै आइरहेको छ । साँच्चै भन्ने होभने अहिले बल्ल नेपाली क्रिकेट खेलले मुल बाटो समात्न सफल भएको देखिन्छ । नेपाली क्रिकेट खेललाई बिश्व कपमा पु¥याउन सफल भएको भन्दै बागलुङ सदरमुकाममा खेलाडी करण केसीलाई सम्मान गरियो । बागलुङ जिल्ला कै माटोका खेलाडी करन केसी यतिबेला निकै चर्चामा छन् । साँच्चै उनले गरेको चमत्कार कै कारणले नेपाली क्रिकेट खेल बिश्व समुदाय माझ झन् स्थापित बन्न पुगेको छ । छोटो समय मै नेपाली क्रिकेट खेलाडीको लगन मेहेनत र नेपाली जनताको हौसला कै कारणले पनि खेलले प्रगति गरेको हो । क्यानडा जस्तो क्रिकेट राम्रोसँग खेल्ने देशलाई अन्तिम समयमा हराएर नेपाल र नेपाली जनतालाई जुन गुन करनले लगाएका छन् यो पनि क्रिकेट खेलको अर्को सफलता हो । जुन इतिहास रच्ने काम नेपाली क्रिकेट खेलाडीले गरे । यसलाई बिर्सन सकिदैन ।
बागलुङ नगरपालिका कार्यालय र जिल्ला खेलकुद बिकास समिति बागलुङले संयुक्त रूपमा कार्यक्रम गरि बागलुङ नगरपालिका वडा नम्बर ८ निबासी क्रिकेट खेलाडी करण केसीलाई नगद ५० हजार र प्रशंसा पत्रसहित बागलुङको लोकतान्त्रिक चोकमा नगर प्रमुख जनक राज पौडेलले सम्मान गरेर करन केसीलाई थप जिम्मेवार भएर क्रिकेट खेल खेल्न जिम्मेवारी दिएको छ । नेकपाले आयोजना गरेको नेपाल बन्दको समयमा छोटो प्रचारप्रसार र तयारी बीचमा जेजस्तो सम्मान गरियो यसलाई खेलप्रति रूची राख्ने सबैले सकारात्मक रूपमा लिएका छन् । क्रिकेट खेलमार्फत देशलाई बिश्व कपमा प्रबेश गराउन सफल खेलाडी राष्ट्रको गौरब भएको हुँदा यिनलाई सबैले सम्मान गर्नुपर्ने धारणा नगर प्रमुख जनक पौडेलले राखेका थिए । जुन सकारात्मक मान्नुपर्छ । बागलुङ नगरपालिकाले सम्मान पत्र र ५० हजार नगद जिल्ला खेलकुद बिकास समिति बागलुङ र बागलुङ नगरपालिका वडा नम्बर ८ कार्यालयले खेलाडी केसीलाई सम्मान पत्रबाट हौसला थपेका थिए ।
खेल स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि भन्ने नेपाली नारा छ । जुन सान्दर्भिक नारा हो । अहिले खेल राष्ट्रको लागि खेलाडी पनि राष्ट्रको लागि भन्ने कुरा अगाडि बढेको देखिन्छ । बागलुङ जिल्लामा क्रिकेट खेलाडीलाई नगरपालिकाले ५० हजार सहयोग गरेपछि यो रकम थोरै भएको भनेर कतिपय संघ संस्था र ब्यक्तिले टिप्पणी गरेको पनि सुनियो । हो अहिले ५० हजार भनेको रकम धेरै हैन तर सम्मान भन्ने कुरा प्रमुख कुरा हो । मेला महोत्सबमा गीत गाउन आउने कलाकारले लगेको रकमसंग यहाँ तुलना गर्न मिल्दैन । अहिले समाजमा सम्मान भन्दापनि कतिपय मान्छेलाई पैसाको कुरा चाहिएको छ । जसको दिल र दिमागमा सुते पनि पैसा उठेपनि पैसा । जुनसुकै कुरालाई पनि पैसासंग तुलना गर्ने प्रबृत्ति कै कारण सबै क्षेत्र भ्रष्टिकरणहँुदै गएको छ । सम्मानलाई सधै पैसासंग तुलना गर्न हुदैन । देशमा खेल खेल्ने खेलाडीलाई राम्रोसंग सम्मान गर्ने कामको शुरूवात नेपाल सरकार लगायत विभिन्न सरोकार राख्ने संघसंस्थाले गर्न थालेको छ । अहिले नेपाल क्रिकेट खेलले ठुलो छलाङ मार्न सफल भएको छ । अहिलेसम्म जुन मेहेनत गरेर खेलाडीले नेपाल र नेपालीलाई इज्जत दिएको छ अहिले सबैभन्दा बढी क्रेज क्रिकेट कै छ । सरकारले पनि अहिले क्रिकेट खेलाडीलाई हौसला दिने सम्मान गर्ने पुरस्कृत गर्ने जुन काम गर्न थालेको छ । यसलाई निरन्तरता दिन जरूरी छ । नेपालले सन २०१४ पहिलोपटक बिश्वकप छनोट खेल्ने अबसर पाएको थियो । अहिले फेरि जिम्माबेमा नेपालले बिश्वकप छनोट खेलमा खेल्दैछ । अहिलेसम्म गरेको मेहेनतलाई हेर्ने होभने नेपालले यसपटक भने सफलता हासिल हुने बिश्वास गरिएको छ । सबै कुरामा राजनीति भएसंगै क्यान पनि यसबाट अछुतो रहन सकेन । राजनीतिबाट जरजर भएको क्यान कै कारणले जति क्रिकेट खेलले बिकास गर्नुपर्ने हो त्यति गर्न नसकेको हो अहिले खेलाडीको लगन र मेहेनतको कारणले यहाँसम्म आइपुगेको छ । साँच्चै राम्रो बाताबरण पाउने होभने नेपाली खेलाडी अरू देशको खेलाडी भन्दा कम छैनन् भन्ने कुरा पनि पुष्टि भइसकेको छ । साँच्चै खेल र खेलाडी भनेको राष्ट्रको गौरब हुन यिनलाई संरक्षण गर्ने यिनलाई हौसला दिने राज्यको दायित्व हो । खेलाडीलाई हामीले जति लगानी गर्छाैं उसले त्यति मेहेनत गर्छ । जति मेहेनत गरेर मनदेखी खेल्छ त्यसले त्यो खेल सफलतापुर्बक जित्छ । देशले इज्जत पाउँछ, खेलाडीले सम्मान पाउँछ । अहिले क्रिकेट खेलाडीलाई जसरी जनस्तरबाट सम्मान गर्ने प्रचलन चलेको छ यसले सकारात्मक प्रभाव पारेको छ । साँच्चै खेलकुदलाई आफ्नो जीवन बनाएर जसरी अहिले क्रिकेट खेलाडी लागिरहेका छन् । यसले एकातिर खेलाडीलाई संस्थागत बनाउने काम गरेको छभने अर्काेतिर खेल र खेलाडीप्रति धेरैको माया र सद्भाव पनि बढेर गएको छ ।
अहिले करन केसी त एकजना प्रतिनिधि पात्र मात्रै हुन् । क्षमता भएका सयौ खेलाडी हामीसंग छन् । साँच्चै हामीले बाताबरण बनाउने होभने भोलिका दिनमा क्रिकेट खेलमा पनि नेपालले थप सफलता हासिल गर्नेमा शंका छैन । नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई नचिन्ने खेलप्रेमी कमै होलान । अहिले यिनीहरूलाई हेरेर सयौ नयाँ खेलाडी क्रिकेट खेलमा प्रबेश गरिसकेका छन् । नेपालको खेलकुद विकास समिति, क्यान लगायतका संस्थाले यिनीहरूलाई राम्रो बाताबरण र तालिम दिन जरुरी छ । यसमा राजनीति नगरीकन साँच्चै खेल खेल्ने खेलाडीलाई चिन्न जरुरी छ । अहिले भएको नारा जस्तो खेल स्वास्थको लागि खेलाडी राष्ट्रको लागि भन्ने कुरालाई मनन गर्न जरुरी छ । बागलुङ नगरपालिका, जिल्ला खेलकुद बिकास समितिले बागलुङे भएको नाताले भएपनि जुन सम्मान र सहयोग ग¥यो यसलाई सकारात्मक रूपमा लिनुपर्छ । भोलिका दिन यस्तो प्रतिभालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ ।
Previous Articleकैलासको सिल्भर जुब्ली निक्षेप योजना
Next Article नागरिक अनुकुल कार्यक्रम