लमजुङ, १३ फागुन – प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गरेका छन्। लमजुङमा आईतवार आयोजित आठौ सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उनेले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताएका हुन।
उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताए। फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गरे। उनले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताए। लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ।
प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौं-मुख्यमन्त्री गुरुङ
Previous Articleराष्ट्रियसभामा मनोनित सदस्यको सपथ रोक्न सर्वाेच्चको आदेश
Next Article देश बनाउन : केपी ओली, कुलमान र लालबाबु