बागलुङ, १३ फागुन– काठेखोला गाउँपालिका–६ स्थित बिहँुहटियामा स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपांगता सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । अपांगता सरोकार संघ बागलुङ र आईएनएफ नेपालको साझेदारीमा संचालित तालिममा २२ जना सहभागि थिए । गुणस्तरीय जीवन बिकासका लागि समुदायमा आधारित पुनःस्थापना परियोजना अन्र्तगत उक्त कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा संघका कार्यक्रम संयोजक रामप्रसाद घिमिरे र आईएनएफ नेपालका फिजियोथेरापिष्ट अश्विन दाहालले सहजीकरण गरेका थिए ।
अपांगता भनेको के हो ? कति प्रकारका अपांगता हुन्छन् ? अपांगको पहिचान गर्ने तरिका, अपांग हुने कारण, त्यसका रोकथामका उपाया र राज्यले व्यवस्था गरेका सेवा सुविधामा अपांगहरुको पहुचको अवस्था बारेमा तालिममा बिस्तृत रुपमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बोल्दै आईएनएफ नेपालका प्राविधिक अधिकृत नविन सुवेदीले अपांगता भएका नागरिकलाई माया गरेर उनीहरुलाई अधिकारको पहुचमा लैजान सबैले साथ दिनुपर्ने बताए । साथै उनले उपचार र पुनस्थापनाको काममा आफ्नो संस्थाले अगुवाई गरेकोले ग्रामीण क्षेत्रका स्वासथ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुले खोजी गरेर उपचारको सम्पर्कमा ल्याईदिन आग्रह पनि गरेका थिए ।
साझेदार संस्थामार्फत गरिएका क्रियाकलाप, सहयोगी संस्थाको परिचय र परियोजनाको उद्देश्य वारे उनले प्रष्ट पारेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख रितेशकुमार कर्ण, स्वयंसेविका सरस्वती कंडेल, संघका कार्यक्रम संयोजक रामप्रसाद शर्मा लगायतले बोलेका थिए ।
Previous Articleसडकको मापदण्ड र क्षेत्राधिकार कायम
Next Article १३ फागुन २०७४, ढोरपाटन दैनिक