भरत बागलुङे
राजनैतिक दरबारको पटाङ्गिनीमा एउटै व्यक्ति हजार अर्थको फेहरिस्त प्रस्तुत गरिरहेको छ । जब संघ र प्रदेशको चुनावको लागि बामपन्थी तालमेलको कुरो कुनै गुप्त केन्द्रबाट शहरको सडकमा पोखिन आईपुग्यो राजनैतिक दरबारको पटाङ्गिनीमा पलेटी कसेर त्यसको विश्लेषण गरिरहेको राजनैतिक विश्लेषकले एक साँझ त्यो सर्वथा सत्ता प्राप्तिको मोहले निर्माण गरिएको अपवित्र गठबन्धन हो किञ्चित भविष्यको प्रवाह नगरी घोषणा ग¥यो । रातभरमा कुन त्यस्तो जादु भयो भोलीपल्टै उसले आप्mनो विश्लेषण बदल्यो र त्यसलाई समय, नेपाली जनता र इतिहासको आवश्यकताको रुपमा व्याख्या गर्न लज्जाबोध गरेन । मुलुकमा जतिबेला बामपन्थीहरुको एकताले परम्परावादको हातबाट सत्ताको बागडोर आप्mनो हातमा लिने करिब करिब निश्चित भयो फेरी त्यही बोली अनेक शंका–उपशंकाका आलङ्कारिक शब्द अखवारका छातीमा पोखिरहेको थियो र रेडियो टेलीभिजनको आँगनमा उभिएर बर्बराईरहेको थियो की बामपन्थी एकता त्यो हुनै सक्दैन, चुनाव जित्नु थियो जिते अब आ–आप्mनो बाटोमा ती हिँड्नेछन् । विचारको गर्तमा जब दुई विपरितहरु एउटै बाटोमा यात्रा गर्ने मनस्थितिमा पुग्छन् तब दुई विपरित बीच साथ साथ अगाडीको यात्रा तय गर्ने साझा संकल्प बन्न सक्छ । यही सापेक्षमा मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरुको पार्टी एकता करिब करिब टुङ्गिएको छ । राजनैतिक पटाङ्गिनीमा हजार नाग भएका शेष नागले जसरी राजनैतिक विश्लेषक अनेक विश्लेषण गरिरहेको छ ।
तिनको विश्लेषणको चुरो शौन्दर्यता त्यो परम्परावादी ढर्राको भद्दा संस्करण भन्दामाथी अर्थोक हुन सक्दैन । खास अर्थमा हामी पस्नु पर्ने जस्केलो त्यसको अन्र्तयको आयातन यति विशाल छ की त्यहाँ बसेर हामीले गर्नुपर्ने थुप्रो प्रश्नहरु छन् र सुन्नु पर्ने उत्तर पनि । नागरिकका हजार आशा, सपना र भरोसाका सम्मुख रुमानी बनेर दुनियाँ बदल्ने रोमाञ्चक सोचका साथ विचार र सिद्धान्तको तहमा नपुगी दुई अध्यक्षले गरेको पार्टी एकीकरण भित्र व्याप्त भ्याकुममा चमेरो जसरी झुण्डिएर खुच्चिङ भनिरहँदा दुनियाँ देखि जान्ने र सुनि जान्ने छ त्यसलाई विश्लेषण गरिरहनु जरुरी छैन की एमाले संसदवादी या जबजको फेर समातेर संसदीय पूँजीवादी व्यवस्थामा सामान्य सुधारका काम गर्दै भातपानीको जोहो गर्ने यात्राको पथिक हो र माओवादी केन्द्र उग्रताको रापमा सेकिएर थकित बनेर शितल र आरामदायी बिसौनी खोज्दै कष्ट साध्य युद्धको बाटो छोडेर हिँडेको पार्टी हो, यी दुईका यो फरक बाटोमा हजारौँ दुःखका कथा छन्, पसिना र रगतले लेखिएका त्याग र बलिदानी छन्, लाखौँ जन–जनका सपना, आशा, भरोसा र सङ्कल्प एक साथ तिनलाई खेदिरहेका छन् । नागरिकका यिनै साझा सपना, सङ्कल्प र आशा भरोसाले विपरितहरुलाई हद तहसम्मको प्रेम र यात्रामा सरिक बनाउन सक्छ त्यो नेपाली राजनैतिक इतिहासले पुष्टि गरेको तथ्य हो । यस अर्थमा कामरेड केपी ओली र कामरेड प्रचण्डले तिनको ज्ञान, चेतना र सोचको आलोकमा जे गरे त्यो इमान्दारिता साथ पूरा गरे अब त्यसको अन्र्तयमा हामी विचारको बहस, समाजवादको निर्माणको दिशातर्पmको यात्राको मार्ग दर्शन, जबज र मालेमावादको शौन्दर्यता, तिनीहरुको औचित्यता र आवश्यकताको बारे बहस गर्ने छौँ । हाट बजारमा बेच्न राखिएको रामलखनको जिलेबी राजनीति कदापी हुन सक्दैन जसलाई दश रुपैयाँमा सजिलै खरिद गरेर स्वाद लिन सकियोस । राजनीतिको गर्तमा यति धेरै भूकम्प आइरहन्छ जसले समाजका सपनालाई उथलपुथल र उलटपुलट गरिरहन्छन् फरक यत्तिहो हामी आप्mनो आदर्श, विचार र सच्याईमा कति समय टिक्ने भन्ने, जब हामी हरेक भूकम्पमा आफु उभिने जमिन बदलिरहन्छौँ भने अस्थिर चिन्तन र विचारले राजनीतिको महासागर हामी कदापी पार गर्न समर्थ हुने छैनौँ ।
माक्र्सवादका कतिपय आधारभूत नीति मुल्य मान्यताहरु दुवै पार्टीले छोडिरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको छ हामीले अब बन्ने कम्युनिष्ट पार्टीको खास राजनैतिक लाइन के हो ? त्यो सत्ताको लागि निर्माण गरिएको मास पार्टी हो या सङ्गठित कम्युनिष्ट विचारले लैस सदस्यहरु र सर्वहारावादी साँस्कृतिक चेतना सहितको पार्टी हो ? त्यसको पर्खाईमा बसुन्जेल हामी राजनैतिक इमान मुटुमा राखेर हजारौँ बहस गर्न सक्छौँ भूईँतहबाट हामी न एमाले निर्माण गछौँ न माओवादी केन्द्र, तिनीहरुले निर्माण गरेको विरासतलाई सम्मान गर्दै हामी एउटा नयाँ कम्युनिष्ट पार्टीको निर्माण गर्छौँ जहाँ सबै प्रकारका विभेद, शोषण, दमन र अत्याचारमा परेका सर्वसाधारण आमनागरिकको मुक्ति र समाजवादको स्थापना र सर्वहारावादी चिन्तन र चेतना सवै भन्दा प्रधान हुनेछ । नकी कर्पोरेट दुनियाँको माल पार्टी, के सम्भव छ ? परम्परागत ढर्रा, चिन्तन र आचरणमा हुर्कि बढेका र बजारतन्त्रको दाश बन्न लालयित नेता कार्यकर्ताहरुको तहबाट हेर्दा यो असम्भव छ । यसो भयो भने विशाल कम्युनिष्ट पार्टीको आयु त्यो दुई वर्ष पनि बाँच्ने छैन, नागरिकका थकित र सपाट सपना जो तत्काल युद्धको बाटोमा हिँड्न लालयित छैनन् तिनका साझा सपनाको अव शान हुनु सिङ्गो कम्युनिष्ट पार्टीको अवशान हुनु हो ।
राजनैतिक दरबारको पटाङ्गिनीमा बसेर सबैभन्दा बढी शंका उपशंकाको खेती गर्ने तर फसल दुबैतिरबाट उठाउने प्रवृतिबाट मुक्त भएर हामी कामरेड केपी ओली र कामरेड प्रचण्डको परीक्षणकालसम्म सकरात्मक सोच राखेर पर्खन सक्छौँ की उनीहरुले खासमा कस्तो कम्युनिष्ट पार्टी निर्माण गर्नेछन् ? यतिबेला हामी यत्ति मात्र भन्न सक्छौँ की दुःख, यातना, पीडा, मृत्यु र समयले बदल्ने बाटोमा हिँड्न अभिषप्त मान्छेहरुको शौन्दर्यता चाहे त्यो कुरुप नै किन नहोस त्यसको शौन्दर्यतालाई सम्मान गरी आप्mनो लयमा फर्किएका केपी र प्रचण्डको इमान्दारिता त्यो सम्मानजनक छ । दलाल पूँजीवाद, संर्कीण गुटवादबाट मुक्त हुन सके या दलालीकरणबाट नेतालाई आम सर्वसाधारण र कार्यकर्ताले बचाउन सके र स्वयमले आप्mनै विरासतबाट सिके भने हजारौँ दुःख, कष्ट, टुटफुटको आलोकमा अमूर्त समाजवादको सपनाले मूर्त रुप लिन सक्नेछ, भलै पार्टी एकीकरणका हजारौँ चुनौतीलाई थकित राखेर शुन्यमा गरिएको सम्झौता झट्ट हेर्दा त्यसले हामीलाई धोकादिई रहेको छ, हाम्रा साझा सपना, हजारौँको बलिदानी, त्याग र शौर्यलाई बलात लात हानिरहेको छ, खासमा केही पनि छैन तर माक्र्सवादीहरुले देख्ने नै सपना र सम्भावना हो, केही पनि छैन निराकार अँध्यारो खाडल छ, विचार, सिद्धान्त, आदर्श, मुल्य मान्यताको अभावले निर्माण गरेको खाडल छ, खाडलको एक छेउ केपी ओली र प्रचण्ड मन्दमन्द मुस्कुराई रहेका देखिन्छन् तर तिनको अगाडी खतरनाक चुनौती र सवै भन्दा सुन्दर अवसर दुवै छन् । जसलाई हजारौँ बहस, छलफल, त्याग र बलिदानीले मात्र प्राप्त गर्न सकिनेछ । हामी अहिले समस्या मात्र उठाईरहेका छौँ, शंका उपशंका र आलोचना मात्र गरिरहेका छौँ, अर्ति उपदेश र आदेश मात्र बाँडिरहेका छौँ तर हामीसँग समयलाई हेर्ने धर्यताको अभाव छ, केपी ओली र प्रचण्ड ती प्रवृत्तिबाट बदलिन सकेनन् भने नेपाली कम्युनिष्ट आन्दोलनको अन्त कदापी हुन सक्दैन हामी सोचिरहेका छैनौँ शीर्पm हामी आलोचनाको चोमोलुङ निर्माण गरिरहेका छौँ जो कम्युनिष्ट आन्दोलनको लागि खतरनाक सावित हुन सक्नेछ, चेतनाभया !