बागलुङ, १० फागुन – युवा तथा खेलकुद विकास समिति गलकोट नगरपालिका ११ रिघाले हटियामा पत्रकार भेटघाट गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा ट्रफी र जर्सी सार्वजनिक पछि बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले विश्वमै चर्चित खेल फुटवल भौगोलिक अवस्था र ग्राउण्ड अभावका बिच रिघामा आयोजना हुनु प्रशंसनिय कार्य भएको भन्दै गलकोटको पर्यटन प्रर्वद्वनमा थप टेवा पुग्ने बताए ।
प्रतियोगिताले गलकोट नगरपालिकाको सम्वृद्विमा महत्वपुर्ण भुमिका खेल्ने शर्माको भनाई छ । पत्रकार भेटघाट कार्यक्रममा संस्थाले फागुन १९ गतेदेखि २५ गतेसम्म आयोजना गरेको बृहत फुटवल प्रतियोगिता सॅगै विविध सांस्कृतिक कार्यक्रमको जानकारी दिईएको थियो ।
प्रतियोगितामा बागलुङ जिल्लाको पश्चिम क्षेत्रकै ठुलो राशी प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वितिय पुरस्कार रु ५५ हजार ५ सय र सान्तवना रु १० हजार २ टिमलाई प्रदान गरिने आयोजकले जनाएको छ । सो अवसरमा कृषि मेला, खुल्ला सामुहिक नृत्य, मगर संस्कृतिमा आधारित धनुष बाण प्रतियोगिता, सालैजो, सोरठी, घाटु नाच, आमा समुहको लोक भाका, ठाडो भाका लगायतका विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
कार्यक्रम अवधिभर राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहनेछ । फुटवल प्रतियोगितामा काठमाण्डौ, बुटवल, पोखरा, बागलुङ, तम्घास लगायतका स्थानबाट झण्डै २० समुहको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । पत्रकार भेटघाटमा मेला अवधिमा ११ लाख १६ हजार ६ सय खर्च र झण्डै ३० लाख बराबरको आर्थिक कारोबार हुने र झण्डै ३० हजार दर्शकले अवलोकन गर्ने समेत जानकारी गराईएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख रेनुका काउचा मगर, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस र वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान बहादुर श्रीसको अध्यक्षता र सदस्य सोनाम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।