डिल्लीप्रसाद गौतम
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः दोस्रो पटक सत्तारोहण गरेका छन् । २०७२ सालमा एनेकपा माओवादीको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रम ओली माओवादी कै अविश्वासका साथ प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । अहिले पुनः सोही दलको समर्थनमा मुलुककै शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका छन् । स्थानिय तहको निर्वाचन भएपश्चात माओबादीसँग जादुमय रुपमा सामिप्यता कायम गरेका ओलीले एमाले तथा माओवादीसँग कार्यगत एकता गर्दै भर्खरै मात्र सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टिलाई अपेक्षाकृत सम्मानजनक स्थानमा उभ्याउन सफल भए । लामो समयसम्म अभ्यासमा रहेपनि परिणाममा आउन नसकेको कम्युनिष्ट एकता नेपालमा कार्यान्वयन गराउन सफल भए । त्यही कम्युनिष्ट एकताकै कारण मुलुकमा प्रदेश सभा तथा संघमा प्रदेश नं. २ बाहेक सम्पुर्ण स्थानमा कम्युनिष्ट सरकार गठन गर्न सफल पनि भए । यही सफलतासँगै केपी ओली दोस्रोपटक यहि २०७४ माघ ३ गते ९ महिना पश्चात पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
संघ तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको झण्डै साढे दुई महिना पश्चात प्रम ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संबिधान २०७२ अनुसार राष्ट्रिय सभाको निर्वाचन समेत सम्पन्न भएपश्चात मात्रै सरकार गठन गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण सरकार गठनमा केहि जटिलता पैदा समेत भयो । मुलुकभर बाम गठबन्धनको बहुमत प्राप्त भएको दम्भ र रागमा कम्युनिष्ट खासगरी एमाले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रमक रुपमा प्रस्तुत भयो । अनेक आरोप प्रत्यारोप र अनर्गल प्रचारबाजी गरिए । प्रधानमन्त्रीका नाममा नेपाली कांग्रेसलाई समेत अनेक आरोप र लाञ्छाना लगाउने कार्यहरु भैनै रहे । कांग्रेस सत्ता छोड्न नचाहेको वा आनाकानी गरेको जनमतको अबहेलना गरेको जस्ता कयैन संगीन आरोप लगाउन एमालेका नेताहरु सक्रिय भैरहे । भलै गठबन्धनकै सहयात्री माओबादी केन्द्रका नेताहरुले भने यसमा अलि सालिन बने । यो एक राजनीतिक समस्या भएका कारण राजनीतिक रुपमा नै हल गर्नु पर्दछ भनी उनीहरुले आफ्नो प्रतिक्रिया दिए । यसरी अनेक आरोपप्रत्यारोप उत्तेजना प्रतिशोध पुर्ण आभिव्यक्तिका साथै केही अठोट र आत्माविश्वासका साथ दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका ओली नेपालको इतिहासमा शक्ति सम्पन्न कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा पदबहाली भएका छन् ।
पहिलोपटक प्रममा नियुक्त हुँदा अनेकौ समस्या र चुनौतीको सामना गरेका प्रम ओलीका अगाडि फेरी फरक राजनीतीक परिवेश र फरक भुमिका बीच पुनः प्रधानमन्त्री बन्न सफल भएका छन् । उनी पहिलो पटक प्रधानमन्त्री बन्ना साथ भारतिय नाकाबन्दीको सामना गर्नुप¥यो भने राष्ट्रिय राजनीतिमा समेत राजनीतिक घेराबन्दीमा रहेर काम गर्नुप¥यो । एकातिर नाकाबन्दीले थला परेको मुलुक अनि नागरिकको दयनिय दैनिकी र अर्कोतर्फ त्यही बेलामा सरकार बिरुद्धको मधेश आन्दोलन, सत्ता साझेदार दलको असहयोग अनि प्रमुख प्रतिपक्ष दलको राजनीतिक भुमिकाले गर्दा समेत केपी ओलीको प्रधानमन्त्रीत्वकाल त्यती बेला स्वर्णीम बनेन् । तर पनि भारतिय नाकाबन्दीका बिरुद्ध चट्टानी अडान राखेर राष्ट्रबादी नेताको रुपमा आफुलाई उभ्याउन सफल भएका प्रम ओलीलाई त्यही मुद्धाले दोस्रोपटक सत्तारोहण बनाउन सफल भयो । चुनावको मुखमै आएर बाम गठबन्धन गरी मुलुकमा स्थायी सरकार निर्माण गर्ने काममा महत्वपुर्ण भुमिका निर्वाह गरेका प्रम ओली समक्ष दुई कम्युनिष्ट बीच पार्टिको एकिकरण गर्नुपर्ने आन्तरिक दबावका बीच दोस्रोपटक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री ओली समक्ष मुलुकलाई आर्थिक उन्नतीको बाटोमा अग्रसर गराउने, बेरोजगार हटाउने, सु–शासन कायम गर्ने, भ्रष्टचारको अन्त्य गर्ने, शिक्षा, स्वास्थ्य र आवास जस्ता नागरिकका कैयन आशा र चुनौती छन् । चुनावी अभियानमा गरिएका राजनैतिक बाचा–कबुल पनि उनका लागि चुनौति नै छन् । स्पष्ट बक्ता र उच्च राजनीतिक इच्छाशक्ति भएका व्यक्तिको रुपमा परिचित प्रम ओली उत्तिकै कठोर र प्रतिशोधपुर्ण बिचारका समेत पर्यायः मानिन्छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शासनको उत्तरार्धमा गरेका केही राजनीतिक निर्णयलाई उल्टाईदिने अभिव्यक्तिका साथ प्रधानमन्त्रीको कुर्सिमा बिराजमान ओलीको शुरुवाती नै हतार, आवेग अनि त्रुटिपुर्ण देखियो । पूर्व प्रधानमन्त्री देउवाले राजिनामा दिने तिथीमिती समेत तयार गरी एकातिर मन्त्रीमण्डलको अन्तिम बैठकको आयोजना र अर्कोतर्फ पत्रकार सम्मेलन गरी राष्ट्रका नाममा सम्बोधन गरी राजिनामा दिने तयारी गरिरहँदा केपी ओली, उनका केही सहयोगी र गठबन्धनको सहयात्री दलका नेताहरु देउवाको राजिनामा नआउँदै शितल निवास पुगी आफुलाई प्रममा मनोनयन दिन दबाव दिईरहेका थिए । सम्भवतः देउवाको राजिनामा नआउँदै उनी नेपालको ४१ औं प्रधानमन्त्रिमा मनोनित भैसकेका थिए होला । शेरबहादुरको राजिनामा पहिले कि केपी ओली प्रधानमन्त्री पहिले भन्ने होडबाजी चले जस्तै देखियो । हुन त चुनावी नतिजा बामगठबन्धन अनुमोदित भै सकेको थियो । केही राजनीतिक प्रावधानका कारण देउवाको कार्यकाल लम्बिएको थियो । कहिले नैतिकताको, कहिले जनमतको कुरा उठाएर देउवामाथि ओलीले दबाव दिईरहे । राजीनामाको पूर्व सन्ध्यामा आएर समेत प्रधानमन्त्री पदबाट गलत्याईउए जस्तै छापामार शैलीमा आफु प्रधानमन्त्री बहाली भए । त्यहि हतारको परिणाम राष्ट्रपति कार्यालयबाट प्रकाशित बिज्ञप्तीमा मिति २०७३ फाल्गुण ३ गते केपी ओलीलाई राष्ट्रपतिबाट मनोनयन गरिएको भन्ने खालको गम्भीर त्रुटि हुन पुग्यो । यो त्यही हतारको परिणाम थियो । नेपालका प्रधानमन्त्री कत्तिको योग्यता, क्षमता, अनि बौद्धिक छन् भन्ने विगतका घटनाक्रमहरुले बताईरहेका छन् । प्रम ओलीको पनि सुरुवाती यसरी नै भएको छ । आफ्ना भावी कार्यक्रम जानकारी गराउने क्रममा एक पत्रकार सम्मेलनमा अबको २ बर्षमा प्रत्येक गाउँ तथा नगरमा सिसिटिभीबाट मान्यता प्राप्त प्राबिधिक शिक्षालय स्थापना गर्ने भन्ने अभिब्यक्तिले निकै चर्चा पायो । यो प्रस्तुतिले प्रष्ट हुन्छ की प्रम ओलीका राजनीतीक सल्लाहकार, स्वकीय सचिव कस्ता खालका छन् भनेर ? तसर्थ आवेग, अक्रोश, हतारोमा अभिव्यक्ति दिनभन्दा धैर्यता, अध्ययनशिलता अनि नम्रताका बीच हरेक क्रियाकलाप सञ्चालन राष्ट्र प्रमुखहरुको गहना हो । हतारमा गरिएका कममा त्रुटि हुन्छ भने यि नमुना मात्र हुन ।
जे होस् संघियताको कार्यान्वयनको सुरुवातीमा नै केपी ओली प्रम बनेका छन् । संघियताको कार्यान्वयनसँगै यसको सफलता केपी ओली नेतृत्वमा हुने छ । अबको करिब २ बर्षका लागि केपी ओली शक्ति सम्पन्न प्रधानमन्त्री बन्ने छन् । केपी ओलीको यो कार्यकाल सफल हुने अपेक्षा राखिएको छ । एकातिर कम्युनिष्ट गठबन्धनको शक्ति सम्पन्न प्रम त अर्कोतर्फ अत्यन्तै कमजोर सावित भएको प्रतिपक्ष । यस्तो अवस्थामा प्रम बनेका ओलीको यो साँच्चिकै योग्यता र क्षमताको अग्नीपरिक्षा नै हुनेछ । तीब्र राजनीतिक इच्छा शक्तिका धनी प्रम ओलीले के साँच्चिकै जनताको अपेक्षा, संघियताको मर्म अनि राजनेताको धर्म निर्वाह गर्लान् ? या त उनको बोली केवल बोलीमा मात्रै सिमित रहला ? ओलीसँग केही चुनौति पनि छन् । एकातिर गठबन्धनको प्रधानमन्त्री भएकाले २ दललाई मिलाएर लैजानु त अर्कोतर्फ चुनावी एजेण्डामा लगिएको कम्युनिष्ट एकताको कुरा, अर्कोतर्फ मधेशवादी दलको संबिधान संशोधनको मुद्धा त अर्कोतर्फ २०४६ पश्चात अधिकांश समय सत्तामा रमाएको कांग्रेसको प्रतिपक्षीको भुमिका । यि सबै बिष्यको तालमेल मिलाएर जनचाहना अनुसारको आर्थिक विकास गर्नु संघियता सफल कार्यान्वयन गर्नु प्रम केपी ओलीबीच राजनीतिक चुनौती पनि उपस्थित छन् । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाका जे जस्ता कमी कमजोरी भएपनि मुलुकलाई संक्रमणबाट पार लगाई संघिय संरचनाअनुसार मुलुकमा तिनै तहको निर्वाचन सम्पन्न गराई बहुमत प्राप्त दललाई सत्ताको साँचो हस्तान्तरण गरेका छन् । आफ्नो पार्टि नेपाली कांग्रेसलाई चुनावी नतिजाबाट पछाडि पारेपनि देशलाई राजनीतिक निकास देउवा नेतृत्वको सरकारले दिएको छ । पछिल्लो दिनमा गरिएका राजनीतिक निर्णयले आउँदै गरेको नयाँ सरकार र अर्थतन्त्रलाई असर पार्ने बताए पनि ति निर्णय जनपक्षिय छन् । तसर्थ नयाँ सरकारले बिना राजनीतीक पुर्वाग्रह जनपक्षिय निर्णयलाई कार्यान्वयनमा ल्याओस् । संबिधानले साकार रुप प्राप्त गरोस्, देश सम्पन्नताको बाटामो अग्रसर होस । केपी ओलीको सरकारलाई हार्दिक शुभकामना ।
Previous Articleप्रजातन्त्र माविको ५६ औं वार्षिकोत्सव
Next Article २०७४ फागुन ९ गते बुधबार राशिफल