पर्वत, ४ फागुन– पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटन गर्नको लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पर्वत आउने भएका छन् । यहि फागुन १६ देखि २६ सम्म संचालन हुने १० औं बृहत पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटनको लागि प्रचण्ड पर्वत आउने भएका हुन् । महोत्सवमा एक करोड बराबरको कारोबार गरिने भएको छ । श्रमिक महिला दिवसको अबसर पारेर यहि फागुन १६ देखि २६ सम्म आयोजना हुन लागेको १० औं पश्चिमाञ्चल महिला महोत्सवमा एक करोडको कारोबार र १० लाख नाफा निकाल्ने आयोजकले जनाएको छ । रेडियो दिदिबहिनीले आफ्नो आठौं बार्षिक उत्सवको अबसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो । हरेक बर्ष रेडियोले महिला महोत्सवको आयोजना गर्दै आएको छ ।
उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ । त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
Previous Articleबौद्धिक अपांगता भएकालाई छात्रावास
Next Article ५ फागुन २०७४, ढोरपाटन दैनिक