काठमाडौं, ३ फागुन – नेपाललाई ७ रनले हराउँदै यूएईले विश्व क्रिकेट लिग डिभिजन टूको उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले शतक पुरा गरेपनि पर्याप्त भएन ।
नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । पारस ११२ रनमा अविजित रहे । १०३ बलको सामना गरेका उनले ३ चौका र ८ छक्का हानेका थिए ।
Previous Articleप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण
Next Article मोदीले मध्यरातमा फोन गरेर ओलीलाई दिए बधाई