काठमाण्डौ, ३ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए । यसैबिच नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् । पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
माओवादीले मन्त्री पठाएन
माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएकोहो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।
Previous Articleकेपी ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै
Next Article १९ महिनापछि फेरि केपी शर्मा ओली प्रधानमन्त्री