बागलुङ, ३ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्।वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। ओली प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने र एमाले र माओवादीबाट एक–एकजनाले ओलीसँगै मन्त्रीको रुपमा सपथ लिने सम्भावना छ। त्यस्तै ओलीलाई संसदीय दलको नेता चयन गर्न एमालेले आजै पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ।
केपी ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै
Previous Articleभिमगिठेमा आगलागी हुँदा लाखौंको क्षती
Next Article प्रधानमन्त्रि सँगै दुई मन्त्रिले खाए सपथ