बागलुङ, २ फागुन– महाशिवरात्री पर्वको अवसरमा बागलुङको प्रसिद्ध धार्मिक स्थल गौरीधामको शिव मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको घुइँचो बढ्यो । यो पर्वमा महादेवको आराधना गरी महाशिवरात्री पर्व मनाउन गर्दछन् । शिवको पूजा आरधना गर्न यस मन्दिरमा विभिन्न स्थानहरुबाट आएका भक्तजनहरु घुइँचो चलेको छ ।
बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको थियो । वि.स. २०५९ सालमा बाटो खन्ने क्रममा शिव पार्वतीका आकृती भएका मूर्ती भेटिएपछि उक्त स्थानमा मन्दिर निमार्ण गरिएको हो । बागलुङका विभिन्न स्थानका साथै म्याग्दी, पर्वत, लगायतका जिल्लाबाट गौरीधाम शिव मन्दिरको दर्शनका लागि भक्तजन आएका छन । यस मन्दिरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । मन्दिरमा विहानै देखि भक्तजनहरुले भजन कृतनसगैं पुजा आजा गरिरहेका छन ।
गलेश्वर मन्दिरमा भक्तजन घटे
महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा विगतका बर्षको तुलनामा कम भक्तजन देखिएका छन् । पर्वको अवसरमा मंगलबार बिहान निकै कम संख्यामा भक्तजन देखिएको थियो । महादेव शिवको पुजा गर्न म्याग्दीका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत भक्तजनहरू आएका छन् । ‘यसबर्ष शिवरात्रीमा बिहानको समयमा धेरै भक्तजन देखिए । रातीसम्म पुजाआजा हुन्छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले भने । विगतका बर्षमा बिहानैदेखी पुजाआजा गर्न मन्दिर भित्र र बजारसम्म लाइन पुग्ने गरेको भएपनि यसबर्ष अपेक्षा गरेभन्दा कम भक्तजनको आगमन भएको बताए । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वरमा शिवरात्रीमा भित्रिएका भक्तजनलाई सहज पुजआजाको ब्यवस्था मिलाइएको थियो । ‘भक्तजनलाई सहज आवतजावतको ब्यवस्था गरिएकाले पनि पुजाआजामा कुनै दुःख भएन ।
भक्तजनको साम्रागी सुरक्षाका लागि समेत स्वयमसेवक खटिएका थिए’ पर्वत बेनीमा अवस्थित न्यू होराईजन माविका सहायक प्रधानध्यापक अर्जुन पौडेलले भने । दर्शन गर्न आएका भक्तजनलाई अन्न क्षेत्रमा निशुल्क भोजको ब्यवस्था गरिएको थियो। परिसरमा चोरी हुनसक्ने भन्दै सिसी क्यामेरा समेत जडान गरिएकाले पनि कुनै घटना नघटेको ब्यवस्थापन पक्षले जनाएको छ । मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति,गणेश मन्दिर दर्शन, नरिवल फुटाउने, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, जलपान, भोजन, गाडी पार्किङ, पुजा साम्रागी विक्री बजारलाई समेत ब्यवस्थित बनाइएको थियो । यसबर्ष शिव भगवानको नृत्य अवतार नटराजको मूर्तिको अनावरण गरिएको छ । शिवरात्रीको रातमा शिवजीको दर्शन गरेमा हिंस्रक जातिले पनि मुक्ति पाउने धार्मिक परम्परा छ । यसैविच मन्दिरमा सुन र तामाको बेलपत्र चढाउने ब्यवस्था समेत मिलाइएको थियो । सधै वृक्षको बेलपत्र चढाउने गरेका भक्तजनहरूले ११ सय ११ रुपैयाँ उपलब्ध गराएर चढाएका थिए । धार्मिक विश्वास अनुसार बेलपत्र महादेवको प्रिय बनस्पति भएकाले पनि भक्तजनले आफ्नो मनोकामना पुरा गर्न सुन र तामाको बेलपत्र समेत खोज्ने गरेका थिए ।
Previous Article२०७४ फागुन २ गते बुधबार राशिफल
Next Article १ फागुन २०७४, ढोरपाटन दैनिक