सूचना र प्रविधिको पहुँचका कारण आज विश्वका हरेक राष्ट्रमा काम निकै छिटो र छरितो रुपमा हुने गरेका छन् । विश्वका विकसित देशहरुले प्रविधिको प्रयोग गरेर नागरिकका हरेक काम घरमा नै बसीबसी गर्न सक्ने व्यवस्थापन गरेका छन् । विकासको मामलामा बिस्तारै बामे सर्दै गरेको नेपालमा भने बिश्व बजारमा जस्तो सूचना र प्रविधिको प्रयोग गरेर नागरिकले राज्य तथा निजी क्षेत्रका सेवा सुविधाको उपभोग गर्न सक्ने अवस्था छैन । नेपालमा सरकारले दिने सुबिधामा त निकै झण्झटिलो प्रक्रिया छँदैछ । निजी तथा सामाजिक संस्थाहरुको सेवा प्रवाह समेत निकै झण्झटिलो अवस्थामा छ । आज पनि नेपाल सरकारको आधा स्वामित्व रहेका नेपाल टेलीकम, नेपाल बिद्युत प्राधिकरण, खानेपानी संस्थान जस्ता संस्थाहरुमा आफुले प्रयोग गरेको सेवाबापतको शुल्क तिर्नका लागि सर्वसाधारण लामबद्ध भएर बस्न बाध्य छन् । अर्कोतर्फ नेपालका बैंक तथा बिक्तिय संस्थामा समेत सर्वसाधारणको लाम देख्दा लाग्छ आजपनि हामी १९ औं शदाव्दीतिरै अल्मलिई रहेका छौं ।
सामान्य केही निजी कम्पनीहरुले गरेको सुरुवातलाई अपबाद मान्ने होभने आज नेपालमा सर्वसाधारणले राज्यले उपलव्ध गराएको सेवा सुबिधा उपभोग गरेबापत लाग्ने शुल्क तिर्नका लागि महिनाभरको शुल्कभन्दा बढि आम्दानी हुने समय खर्च गरेर लाईन बस्ने गरेका छन् । त्यो मात्रै हैन ५ सय रुपैयाँ खातामा जम्मा गर्न बैंक पुगेको एक जना मजदुर आफुले मजदुरी गरेर ५ सय रुपैयाँ कामउन सक्ने जतिको समय बैंकको लाईनमा बसेर ब्यतित गर्न बाध्य छ । हामीसँग स्रोत तथा साधन नभएका होईनन् । स्रोत साधानको प्रयोगमा हामीले पहुँच पु¥याउन नसक्दा अहिलेको अवस्थामा देश छ । सरकारी निकायमा भर्खरै मात्रै सुरुवात भएको प्रबिधिको प्रयोग र निजी तथा सामाजिक संस्थाहरुले दशकौंदेखी प्रयोग गर्दै आएको प्रबिधिको प्रयोगलाई परिमार्जित र परिस्कृत गर्दै नयाँ प्रबिधिको विकास गर्नु अहिलेको आवस्यकता हो । विकासको महत्वपुर्ण पाटो भनेको उत्पादन हो । उत्पादनको लागि खर्च गर्नुृपर्ने समय यदि उपभोक्ताले सामान्य सुबिधा लिन वा दिनमा खर्च गर्नुपर्ने अवस्था आउनु भनेको आम सर्वसाधारण र सिंगो देशकै लागि घाटाको बिषय हो ।
संस्थान तथा सरकारी निकायमा भएको ढिलासुस्ती कम गर्न जरुरी छभने पुराना कर्मचारीको कारण प्रबिधिको प्रयोग गर्न नसकिएको तथ्यलाई स्वीकार गर्न सक्नुपर्छ । बैंक तथा बित्तिय संस्थाहरुले प्रबिधिको प्रयोग गरेर समेत सिमित जनशक्तिको मात्रै उपयोग गर्दा यि र यस्ता खालका समस्याहरु आएका हुन् । सो कुराको हेक्का हुनु जरुरी छ । नाफामुखी सोचको परिवर्तन र पुरातनवादी परिपाटीको अन्त्य गर्न सक्ने होभने आज सरकारी निकाय तथा निजी संस्थाहरु सबैमा आम सर्वसाधारणले सहज सेवाको अनुभुति गर्ने कुरामा कसैको दुई मत नहोला । राज्यको एक्लो प्रयासले नागरिकको लामबद्ध हुनै पर्ने बाध्यातालाई हटाउन गाह्रो हुन सक्छ तर नाफा कमाउन र समाज सेवाका नाममा खोलिएका निजी तथा गैह्रसरकारी संस्थाहरुले पनि सकारात्मक सहयोग गर्ने र आफुलाई सुधार गर्ने गरेमा घण्टौं लाईन बस्नु पर्ने जनताको बाध्यता टर्नेछ ।
Previous Article२०७४ माघ २९ गते सोमबार राशिफल
Next Article स्थानिय तहमा नगए तलब नपाउने