बागलुङ, २९ माघ– जिल्लाको अमलाचौरमा दुई दिने मातृ शिशु तथा बाल पोषण सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । अमलाचौर स्वास्थय चौकीको आयोजना र नेपाल गाजा फाउण्डेसनको आर्थिक सहयोगमा सुरु भएको तालिमको आईतवार एक समारोहका बीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका १२ का वडाअध्यक्ष गुरुदत्त पाठकले महिला स्वास्थय स्वयमसेविकाहरुले समुदायको स्वास्थय विकासमा गरेको योगदानको उच्च कदर गर्नु पर्ने बताए ।
तालिमले मातृशिशु तथा बालपोषणको बारेमा समुदाय स्तरमा सहजीकरण गर्न स्वयसेवीकाहरुलाई सहयोग गर्ने भन्दै पाठकले सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला स्वास्थय कार्यालय बागलुङका कुष्ठरोग नियन्त्रण सुपरभाईजर देव प्रकाश घिमिरे, सिनियर अहेवहरु डिल्ली आचार्य, कृष्णप्रसाद शर्मा, वडा सदस्य लोकनाथ शर्मा नेपाल गाजा फाउण्डेसनका पुतली थापा लगायतले बोलेका थिए । कार्यक्रममा दुई दिनको अबधिका लागि आवश्यक तालिम साम्रागीहरु समेत बितरण गरीएको थियो ।
तालिमका लागि आवश्यक साम्रगीहरुको बितरण गर्दै वडाअध्यक्ष पाठकले स्थानिय तहबाट आवस्यक परेका सबैखालका सहयोग गर्न तयार रहेको बताए । अमलाचौरका २२ जना महिला स्वास्थय स्वयम सेवबकाहरुको सहभागीता रहेको तालिमको सिनियर अहेवहरु डिल्ली आचार्य, कृष्णप्रसाद शर्मा र स्वास्थय चौकी प्रमुख दुर्गाप्रसाद शर्माले सहजीकरण गर्ने बताईएको छ । वडाअध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष गुरुदत्त पाठकको अध्यक्षता र स्वास्थय चौकी प्रमुख दुर्गाप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अमलाचौमा मातृ शिशु तथा बाल पोषण सम्बन्धी तालिम शुरु
Previous Article२९ माघ २०७४, ढोरपाटन दैनिक
Next Article ‘भ्यालेन्टाइन डे’ संस्कृति कि विकृति ?