काठमाडौं, २६ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको छ। एफिज पार्क मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाललाई ६ विकेटले हराउँदै ओमान विजयी भएको हो।
टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउंदै १३८ रन बनायो। कमजोर ब्याटिङका बीच नेपालले ओमानसामु १३९ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी व्याटिङमा उत्रिएको ओमानले १५ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।