कृष्ण प्रसाद शर्मा
यति बेला भारतीय विदेशमन्त्री नेपाल आएर फर्किएपछि यसको चर्चा व्यापक छ । कुटनैतिक मर्यादा, राजनैतिक मर्यादा एवं सबै कोणबाट आ–आफ्नो विश्लेषण राखेका छन् तरपनि किन आईन र किन गईन केवल भारतीय पक्षलाई बाहेक अरुले राखेका धारणा लख काट्नु बाहेक केही होईन । कुटनैतिक रुपमा हेर्दा यो छाडापन नै हो । बाहलबाला प्रमलाई हिड्ने बेला भेट्नु राजनैतिक रुपमा अस्वभनीय पनि हो । चुनाव सकिएको छ सरकार गठन भएको छैन । केपी ओलीलाई प्रमका रुपमा अगाडी बढाऊनै बाँकी छ तरपनि भारत धेरै नै हतारिएर भेट्न आईपुग्यो । केपी ओलीलाई भेट्न आउन खोज्दा रोक्नु त अस्वभानीय नै हुन्थ्यो तर भारतीय पक्षका कुटनैतिक कर्मचारीहरु बोलेको टिपोट गरेर मेमोरी तयार पार्दा नेपाली नेताहरू दाँत देखाएर बस्नुबाहेक केही गरेनन् । पार्टि कै अभिलेखमा राख्न भएपनि टिपोट गर्न सकिन्थ्यो तर चुपचाप बसे जसका कारण हाम्रो स्तर पनि देखियो । हाम्रो भ्रमण कति कमजोर हुन्छन् यसैलाई लिन सकिन्छ ।
नाकाबन्दीका बेला संसदमा बोल्दै यसै स्वराजले भन्दै थिईन यो नाकाबन्दी पहिलो होईन अर्थात नाकाबन्दीलाई आश्चर्य नमान्नु पर्ने जस्तै गरी धारणा राखेकी थिईन । आजै तिनै मान्छे रुझेको बिरालो जस्तै गरी नेपाल आईन र भनिन् अबको सरकारसँग मिलेर जान्छौं । केपी ओलीका हजार बैगुन भए पनि यो नाकाबन्दीका बेला जसरी भारत सामु शरण परेनन् त्यसैको उपज उनी प्रतिको थप क्रेज बढ्दै गएको हो । यो भ्रमणमा केपीले दिएको रात्रीभोजलाई अनेक टिप्पणी गरिएको पनि छ । राष्ट्रबाद देखावटी समेत भनिएको छ । कसैले जर्बजस्ती आउन खोज्दा पाहुनलाई सम्मान दिनै पथ्र्यो । बरु हिजो नेपाल माथी थुपारेको नाकाबन्दीलाई कडा पारेकी सुष्मालाई यसरी आउँदा अफ्ठारो नलागे पछि थप भन्नु केही रहेन । सकेसम्म स्थीर सरकार बनाउन नदिने बनी हाले टिकाउनै नदिने आजसम्म भारतले खेलेको भूमिकाले देशको रिमोट दिल्लीमा रहेको जगजाहेर छ । तर यसपटक दिल्ली नेपाल तिरै फर्केको कुरा भान भएको छ । सत्ता दिलाई दिन प्रायः हाम्रो नेताहरू बिन्ती बिसाउन दिल्ली पुग्ने गरेकोमा यस पटक दिल्लीबाटै आएर मिलेर काम गर्ने इच्छा व्यक्त भएको छ यो सकरात्मकै हो । चाहे भारत होस् चाहे चीन यिनीहरूसँग काम गरेका हाम्रा जस्ता साना राष्ट्रहरूमा भूटान, बंगलादेश र मालदिप्समा हाल यिनीहरू बीचको दूरी कतै बढेको छभने कतै दिएको ऋणको बोझ बोक्न गाह्रो भएको छ । त्यसैले कामसँगै गर्दा भोली यस्तै नहोस् । फेरी भारतले चीनको प्रभाव नबढोस् भनेर निकै कोशिशमा छ ।
चुनाव जितेपछि केपी ओली केरङ नाका पुगे । चीनबाट आउने रेलको बारे कुराकानी चलाए । चीनको टिम समेत आएर हेरेपछि भारतलाई यसले निकै असहज भएको छ जसले गर्दा चीनले भन्दा दोब्बर काम गरिदिने अफर पनि आउने छन् तर आजसम्म भारतले हात हालेका कति परियोजनाहरू काम फत्ते गरे त्यसको तितो अनुभव हामीसँग छँदैछ । त्यसैले दिँदा र लिँदा कति लिने दिने त्यसको हेक्का नरहे हाम्रो कुटनीतिको कुनै अर्थ छैन । यो भ्रमणले हामीलाई अहिले अड्कल बाहेक केही दिएको छैन । खासमा भारतले के खोजेको हो यसको जबाफ नयाँ सरकार बने पछि भारतले राख्ने प्रस्तावबाट थाहा हुन्छ । अहिले बडी ल्याङग्वेज बाहेक केही छैन । हाम्रो सन्देश बुझ्ने उनीहरूको सन्देश नबुझ्ने भयो भने पनि यसको औचित्य छैन ।
भोली सरकारमा जाने पक्का भएको केपी ओलीलाई आज परराष्ट्रको कुनै प्रतिनिधि नराखी वार्ता गर्दा पछिका दिनमा हुने व्यवहारले शंका गर्नु अनुपयुक्त होईन । कतिपयले यो औपचारिक नभएकोले यसमा परराष्ट्रको प्रतिनिधि हुन आवश्यक नरहेको भनाई समेत पाईयो तर बिदेशको बाहलवाला मन्त्री आउँदा उ सगँ परराष्ट्रको प्रतिनिधि छ र प्रायः नोट गरेका छन्भने यसमा परराष्ट्रको दफा नखोजी राख्नु पथ्र्यो तर कमजोरी भएकै छ । भोलीका दिनमा यो नहोस् । वाहल रहँदा परराष्ट्रलाई वास्ता नगर्ने हामीले केवल लालबाबु पण्डित र नारायणकाजी श्रेष्ठका पालामा बाहेक कतै अभिलेख हुने गरी निम्ता गर्ने र स्वीकार्ने भएका छैनन् । यो पटक केपी ओलीका सल्लाहकारलाई किन सुझाव दिन मन लागेन थाहा भएन ।
यो भ्रमणमा भारतीय पक्ष मिलेरै काम गर्न खोज्दै छ भन्ने हो भने नेपाल भारत बीच भएका असमान सन्धीको पुनरावलोन समितिका बैठकलाई निरन्तरता दिन र सुझावलाइ समेटेर अगाडी बढ्न अब एमालेले प्रस्ताव राख्दा हुन्छ । अहिलेको भ्रमणको तात्कालिन महत्व केही छैन तर अहिलेको रेस्पन्सले भोलीको सहकार्य कस्तो हुने भन्ने संकेत लिने अर्थमा आएको हुँदा अब एमालेले पार्टि भित्र पनि चीनले दिन खोजेका आयोजना नफुत्कने गरी भारतसँग काम गरी यो अवसरलाई उपयोग गर्नुपर्छ ।
Previous Articleवन्यजन्तुको स्वास्थ्य सम्बन्धि नौबुँदे सौराहा घोषणापत्र जारी
Next Article विकासमा युवा नेतृत्व