प्रकाश छन्त्याल
बागलुङ, २५ माघ– जिल्लाको बरेङ गाउँपालिकामा सात दिने डकर्मी पुर्न ताजगी तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिती शाखा कार्यालय बाग्लुङको आयोजनामा एक हप्ते तालिम सुरु भएको हो । डकर्मीहरुको पुर्नताजगी तालिमको लागि बरेङ गाउँपालीकाले प्राबिधिक सहयोग गरेको छ । भुकम्पका बेला भत्केका संरचनाको पुर्ननिर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँ पालिकाले जनाएको छ । लामो समयपछि बरेङ गाउँपालिकामा नयाँ प्रबिधि सहितको तालिम आयोजना गर्ने वातावरण मिलाएको भन्दै गाउँपालिकाले घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बागलुङलाई धन्यबाद ज्ञापन गरेको छ । तालिमको सहि प्रयोगले भुकम्प प्रतिरोधात्मक घरको निर्माणमा टेवा पुग्ने भन्दै बरेङका सरोकारवालाले सात दिनको अवधिको भरपुर प्रयोग गरेर सिप सिक्न सहभागीलाई आग्रह गरे । सिकेका कुरा व्यवहारमा उतार्दा प्रशिक्षार्थी स्वयम र सबै गाउँपालिकाबासीलाई समेत फाईदा हुने भन्दै बरेङ १ का वडाअध्यक्ष नरसिंह पुनले सक्रिय सहभागिताका लागि आग्रह गरे । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा कार्यालय बागलुङ निर्देशक नारायण न्यौपानेले सरकारले बागलुङ जिल्लामा ४०० जनालाई तालिम दिने लक्ष्य राखेको बताए । घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बाग्लुङले संचालन गरेको तालिम प्रत्येक नगरपालिकालाई ५० जना र गाँउपालिकालाई २५ जनालाई तालिम दिने लक्ष्यसहित तालिम शुरु गरिएको बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा कार्यलय बागलुङका निर्देशक नारायण न्यौपाने, सर्वोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा, इलाका कृषि केन्द्र बरेङका प्रमुख रुपादेवि शर्मा, सामुदायिक रेडियो बिहानीका स्टेशन संयोजक प्रकाश छन्त्याल लगायतले बोलेका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा कार्यलय बागलुङ निर्देशक नारायण न्यौपानेको अध्यक्षता,उद्यम बिकास समिती बागलुङका अधिकृत यममाया श्रीसको संन्चालनमा सम्पन्न भएको थियो ।