पोखरा, २३ माघ । गाडीको ठक्करबाट पृथ्वीनारायण क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि पोखरा तनावग्रस्त भएको छ । उनी नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पसका सम्पर्क समितिका अध्यक्ष समेत हुन । लापरबाहीपूर्वक ढकालको ज्यान लिएको भन्दै नेविसंघ समर्थित विद्यार्थीले मंगलबार बिहानैदेखि क्याम्पस क्षेत्र बगरमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।
सोमबार ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट उनको मृत्यु भएको थियो । प्रहरीले तोडफोड र ढुंगामुढामा उत्रिएको भन्दै ११ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।