बागलुङ, १९ माघ–रोजगारीको शिलशिलामा जापानमा रहेका बागलुङे सर्जक दिपक कँडेलले पछिल्लो समय लोक गित संगितको क्षेत्रमा निकै उत्कृष्ट कोशेलिहरु पस्कँदै आएका छन् । केही हप्ता अगाडि मात्रै जापानको रोधि घरैमा एल्वम बजारमा ल्याएका कँडेलले यो हप्ता मात्रै अर्को लोक कोशेली भट्टीतिरै बास नमाक एल्वम बजारमा ल्याएका छन् । प्रसन्त पौडेल र तेजस रेग्मीको आवाज रहेको गिमा कँडेल स्वयमले शव्द लेखेका छन् भने गितको लय प्रसान्त पौडेलले सिर्जना गरेका हुन् । गितको म्युजिक भिडियोमा सञ्चारकर्मी कृष्ण आचार्य र कलाकार सुरबिर पण्डीतले जिवन्त अभिनय गरेका छन् ।