बागलुङ, १६ माघ– जिल्लाको पस्चिम ढोरपाटन नगरपालिकाको एक बिद्यालयमा सोमबार राति तोडफोड भएको छ । ढोरपाटन नगरपालीका– १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक बिद्यालयमा अज्ञात समुहले तोडफोड गरेको हो । अज्ञातसमुहले बिद्यालयको कक्षा कोठा तोडफोड गरी महत्वपुर्ण कागजातहरु जलाईदिएको बिद्यालयले जनाएको छ ।
बिद्यालयका अनुसार अर्धबार्षिक परिक्षाको लागि तयार पारिएका उत्तर पुस्तीका लगायतका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएका छन् । तीनवटा कक्षाकोठा तोडफोडपछि कोठाभित्र रहेका दराज समेत फोडेर केही समय पहिलेका परिक्षामा प्रयोग भएर वांकी रहेका तीन वन्डल उत्तरपुस्तिकामा आगजनी गरिएको छ ।
कम्प्युटर तथा अन्य फाईल सामाग्रि समेत यत्रतत्र छरीएको अबस्थामा रहेको विद्यालयका प्रद्यानध्यापक नविन जिसिले जानकारी दिए । विद्यालयको सुरक्षाका लागि बस्दै आएका बुद्धिप्रसाद पौडेल विद्यालय नजिकै आफन्तिकोमा खाना खान गएको मौका पारेर घटना भएको बिद्यालयले जनाएको छ । पौडेल खाना खाई रातको पौने १ बजेतिर बिधालय परिसरमा आउंदा शिक्षक स्टाफको कक्षा खुल्ला भएको र उत्तरपुस्तिका भएको कक्षामा उत्तरपुस्तिका जलिरहेको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए ।
तत्काल घटना स्थलमा पुगेको प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको भए पनि हाल सम्म घटना कस्ले र किन घटाएको भन्ने बारेमा भने पत्ता नलागेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।