बागलुङ, १५ माघ– आईतबार बिहान बागलुङ नगरपालिका–२ बस्ने पुष्पा सापकोटालाई भारतीय नम्बरबाट फोन आयो, सुरुमा निकै डारएकी उनले फोन उठाईन । फोन गर्नेवालाले उनको फोेन उठेपछि ४० लाखको चिठ्ठा परेको भनेर मात्रै सुनाएनन् चिठ्ठामा परेको रकम पाउनका लागी नेपाल सरकारलाई तिर्नुपर्ने कर रकम समेत पठाई दिन आग्रह गरे ।
बधाई छ भन्दै फोनमा कुराकानी सुरु गरेका उनिहरुले ४० लाख पाउनको लागि ४० हजार रुपैयाँ कर तिर्नुुपर्ने र उक्त रकम चिठ्ठाको रकम पाउनु पुर्व बुझाउनु पर्ने बताए । फोनमा भएको छोटो कुराकानी नपत्याएकी सापकोटा तत्काल नजिकै सम्पर्कमा रहेका पत्रकार भेट्न गईन र यो सबै कुरा बताईन । उनले कुनै चिठ्ठा नभरेकाले चिठ्ठा परेको भनेर आफु सँगबाट ४० हजार ठग्न खोज्ने गिरोहले फोन गरेको हुन सक्ने बताईन् । सापकोटा मात्रै हैन पछिल्लो समय उनिजस्ता धेरैलाई यस्ता फोन आउने गरेको गुनासो बागलुङ बजारमा ब्यप्त छ । अलिक बुझेका र फसिने डरले सत्यको खोजी गर्नेहरुले केही ठगिन लागेको कुरा बाहिर ल्याउने गरेको भएपनि कतिपयले ठुलो कमाउने आसामा हजारौं रुपैयाँ गुमाएर सामाजिक बैजेतीको डरले चुपचाप बसिरहेका छन् ।
यतिबेला सामाजिक संजालदेखि ईमेल इन्टरनेट, फोन लगायतका प्रबिधिका कारण धेरै कुरामा सहज त भएको छ तर कसैले यसलाई ठगी गर्ने धन्दा बनाएका मात्रै छैनन् मजाले ठगी गरिरहेका छन् ।