बागलुङ, माघ– नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमिति बागलुङले आफ्नो कार्यसमिति विस्तार गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बागलुङ नगरपालिका वडा नं. १२ का गोविन्द्रबहादुर पौडेल (गोपाल) लाई चयन गरेको अध्यक्ष उमकान्त शर्मा ‘बाबु’ ले बताए । नेपाल तरुणदल बागलुङले नेपाली काँग्रेसको ७१ औ स्थापना दिवसको अवसर पारेर आफ्नो कार्यसमिति विस्तार गरेको हो । त्यसैगरी सदस्यहरुमा बागलुङ नगरपालिका वडा नं. १३ का नारायण पौडेल, गलकोट नगरपालिका वडा नं. ५ का पवन हमाल र जैमिनी नगरपालिका वडा नम्बर १० का लाल बहादुर भण्डारीलाई चयन गरेको छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजबाद र तरुण एकता प्रति प्रतिवद्ध रहने गरी जिल्ला कार्यसमितिमा नयाँ पादाधिकारी र सदस्यहरु चयन गरेको अध्यक्ष शर्माले बताए । उनले नेपाली समाजलाई समृद्धि र आधुनिक समाज रुपान्तरण गर्नका लागि स्वाभिमानी कर्तव्यशिल र परिश्रमी पुस्ताको जग अबको तरुणदलले बसाने बताए । तरुणदल समाजमा विद्यमान सामिाजिक कुरित,सामन्नती सोचाई र संस्कार विरुद्ध संघर्ष गर्न उद्देश्य सहित काँग्रेसको भातृ संगठनको रुपमा स्थापना भएको हो ।
Previous Articleअब गाईबस्तुका लागि पनि चकलेट उत्पादन !
Next Article १४ माघ २०७४, ढोरपाटन दैनिक