बागलुङ १३ माघ– फोटो व्यवसायी संघ बागलुङको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष भरत शर्माले नवनिर्वाचित अध्यक्ष नारायण गौतमलाई संघका सम्पूर्ण कागजातहरु हस्तान्तरण गरी पदभार गराएका थिए । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण गौतमले फोटो व्यवसायलाई समय अनुकुल परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए । आधुनिक र डिजिटल प्रविधिका कारण फोटो व्यवसायमा फरकपन आउन थालेको उल्लेख गर्दै संघलाई फोटो व्यवसयीको मात्र नभई फोटोग्राफरहरुको संघ बनाउने तयारी गरिएको बताए । पहिले पहिले हरेक फारामहरु भर्दा प्रिन्ट फोटो अनिवार्य भएपनि आजभोली अनलाइन फारामका कारण फोटो प्रिन्ट कम मात्रामा हुने गरेको भन्दै अध्यक्ष पौडेलले फरक फरक प्रकृतिका अनलाइन फारामहरु भर्नका लागि सोही अनुसार गुणस्तर फोटो तयार गर्न सबै व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए । आफ्नो आफ्नो कार्यकालमा फोटो व्यवसायीको हकहित, व्यवसायीक सुरक्षा, आवश्यक दक्षताका लागि तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण फोटो व्यवसायी तथा फोटो ग्राफरहरुलाई संघमा आवद्ध गराएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत शर्मा, निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद गौतम, संघका नवनिर्वाचित उपाध्यक्ष काजीमान गुरुङ, सचिव आत्मराम शर्मा, कोषाध्यक्ष लिलाम्बर बज्राचार्य लगायतले बोलेका थिए ।
Previous Articleगलकोटलाई पर्यटन उद्योगको रुपमा विकास गरिने
Next Article १३ माघ २०७४, ढोरपाटन दैनिक