थम्मन थापा सन्देश
बागलुङ, १२ माघ– जिल्लाको गलकोट नगरपालिका ८ काँडेवास स्थित जनजागृति माध्यमिक विद्यालयको हिरक महोत्सव सञ्चालन भइरहदा विद्यालयको लागि आर्थिक सहयोग पनि थपिदै गएको छ । स्वदेश तथा विदेशमा रहेका स्थानीयबासिन्दाहरुबाट विद्यालयको लागि १ करोड ५० लाख बराबरको आर्थिक सहयोग जुटेको विद्यालयका सुचना संयोजक एंव सहायक प्रधानध्यापक डिल बहादुर बुढाथोकीले जानकारी दिए ।
विद्यालयले ६० औ बर्ष पूरा गरेको अवसरमा गत बुधवारदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सहित हिरक महोत्सव मनाइरहेको छ । हिरक महोत्सवको प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेलले समुदघाटन गरेका थिए । महोत्नसवमा नगद रु १ लाख राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
हिरक जयन्तिको अवसरमा खुल्ला सामुहिक नृत्य, अन्तर बिद्यालय स्तरिय बिबिध कार्यक्रमहरु हुने बताईएको छ । महोत्सव आउँदो आइतबारसम्म सञ्चालन हुने समेत विद्यालयले जनाएको छ । विद्यालयले बहुमुखी क्याम्पस सञ्चालन गर्ने, शैक्षिक गुणस्तर अभिवृद्वि लगायका उद्येश्य राखी हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियान सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदिलाल सापकोटाले जानकारी दिए ।
Previous Article१२ माघ २०७४, ढोरपाटन दैनिक
Next Article नमुना बन्दै सामुदायिक बिद्यालय