बागलुङ, ११ माघ– बागलुङे चेली सन्ध्या आचार्यको राष्ट्रियभावमा लेखिएको गिती एल्वम ‘यो मेरो देश’ पछिल्लो समय चर्चामा आएको छ । एक बर्ष अगाडि युट्युव च्यानल मार्फत सार्वजनिक गिती एल्वमको यो मेरो देश नामक गित एका एक चर्चामा आएको हो । युट्युव च्यानलमा एक्कासी दर्शकहरुको संख्या बढ्दै गएको र धरैले सामाजिक सञ्जालामा गितको लिंकलाई बाँडेपछी गित चर्चामा आएको आचार्यले बताईन् ।
गितमा कलाकारहरुले देशप्रेमलाई समेटेर निरन्तर गीतहरु बजारमा ल्याउदै आएका छन् । अनेकतामा एकता भएको हाम्रो देश,बुद्ध जन्मेको देशलाई परायले आँखा लगाउदा होस या देश भित्रबाटै पनि दलालीपन देखिएको खण्डमा कलाकारहरुले चुप लागेर बस्नु नहुने भन्दै गित बजारमा आएको उनले बताईन् । गितमा सन्ध्या आचार्यको शब्दरचना र चर्चित संगीतकार वालन्द राईको अब्बल संगीत रहेको छ । नेपालको भेषभुषा संस्कृति रहनसहनलाई समेटेर तयार पारिएको उक्त ‘यो मेरो देश’ बोलको गीत यतिवेला बजारमा चर्चामा रहेको आचार्यले बताईन् ।
आभा मुकारुङ, भबीन ढुंगाना, तारा लक्सम, र कला राईको संयुक्त आवाजमा रहेको गीतमा हेमा ढुंगाल, रमेश सोडारी, दिपक दुलाल, आकांक्षा बस्नेतलगायतले अभिनय गरेका छन् । वल्र्ड कभर मिडिया प्रा.लिको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन तथा सम्पादन गरेका हुन् ।