भुसाल र भट्टराईले लेखे ‘नोट अफ डिसेन्ट’
बागलुङ, १० माघ – नेकपा एमालेले राष्ट्रिय सभाका लागि सबै प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश १ देखि ४ सम्मका उम्मेदवारको टुंगो लगाएको हो । एमालेले प्रदेश नम्बर २ मा भने सप्तरीका सुमनराज प्याकुरेललाई खुलातर्फबाट उठाउने निर्णय गरेको छ । एमालेले आफ्नो भागमा परेका २९ स्थानका लागि उम्मेदवार टुंग्याएको हो ।
प्रदेश नम्बर १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नम्बर २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नम्बर ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नम्बर ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
राष्ट्रिय सभा उम्मेदवार चयनको विषयलाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ। पार्टी स्थायी समितिले उम्मेदवार चयनबारे गरेको निर्णयमा उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। प्रदेश छ बाट निरज आचार्य, प्रदेश पाँचबाट ठाकुर गैरे र प्रदेश एकबाट जगन्नाथ खतिवडालाई उम्मेदवार बनाउनु पर्ने उनीहरुको माग थियो। सोमबार र मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा भएको स्थायी समिति तीनै जनाको नाम उम्मेदवार सूचीमा नराखेपछि भुसाल र भट्टराईले आपत्ति जनाएका हुन्।
माओवादी तालमेलकारण पोलिटब्युरो सदस्य खतिवडा उम्मेदवार बन्दै आएको उदयपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न पाएका थिएनन्। गैरे पहिलो संविधानसभादेखि नै पाल्पाबाट उम्मेदवारको रुपमा प्रतिस्पर्धामा रहँदै आएका थिए। प्रतिनिधिसभा चुनावमा पनि गैरेको नाममा अन्तिम समयमा काटिएको थियो। युवा संघ नेपालका पूर्व महासचिव निरज आचार्यलाई जाजरकोटबाट प्रदेशसभामा उम्मेदवार बनाइएको थियो। मनोनयन दर्ता भएपछि एमाले र माओवादीबीच हुम्ला र जाजरकोटमा सिट हेरफेर गर्दा उनले नाइनासी नभनी उम्मेदवारी फिर्ता लिएका थिए। राष्ट्रिय सभा उम्मेदवार चयनको विषयलाई लिएर पाँच नम्बर प्रदेशमा सबैभन्दा बढी विरोध भएको छ। एमालेका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा नव प्रवेशी कोमल वलीलाई उम्मेदवार बनाएको भन्दै त्यसको विरोधमा नेतृत्वप्रति व्यंग्य एवं कडा टिप्पणीहरु गरिरहेका छन्।
एमालेले टुंग्यायो प्रदेश १ देखि ४ का उम्मेदवार
Previous Articleआज उम्मेदवारी दर्ता: राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार
Next Article मुस्ताङमा पर्यटक आगमन बढ्यो