बागलुङ, ९ माघ – नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। प्रदेश १, २ र ३ को आज साँझसम्म उम्मेदवार टुंगो लगाउने कांग्रेसले जनाएको छ।
को को उम्मेदबार बने ?
प्रदेश नम्बर ४
१. सुरेन्द्रराज पाण्डे, अन्य समुह
२. बृन्दा राना मगर, महिला
३.जीतबहादुर नेपाली, दलित
४. प्रकाश पन्त, अपांग
प्रदेश नम्बर ५
१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
२. अनिता देवकोटा, महिला
३. मैकुलाल बाल्मीकि, दलित
४. लुटबहादुर खत्री, अपाङग
प्रदेश नम्बर ६
१. विष्णुबहादुर शाही, खुला
२. सूर्यदेवी मल्ल, महिला
३. सिताराम विके, दलित
४.गोपालप्रसाद शर्मा , अपांग
प्रदेश नम्बर ७
१. बद्री पाण्डे
२. तारादेवी भट्ट, महिला
३. शेरी राम पार्की, दलित
४.छत्रराज जोशी, अपाङ्ग