बागलुङ, ८ माघ– पत्रकार महासंघको भवन निर्माणका लागि सोमाबार एकै दिन एक लाख रुपैयाँ भन्दा धेरै सहयोग प्रप्त भएको छ । बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले महासंघको भवन निर्माण अभियानलाई सहयोग गरेका हुन् ।
सोमबार भएका बिभिन्न कार्यक्रमको अवसरपारी १ लाख १८ हजार ४ सय ८७ रुपैयाँ महासंघलाई प्राप्त भएको छ । सोमबार गोल्डेन गेट एजुकेशनल सेन्टरका कोरियन भाषा प्रशिक्षक अनुप रिजालले सबै भन्दा धेरै ५० हजार ५ सय ५५ रुपैयाँ प्रधान गरेका छन् । रिजालले सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गरेका हुन् । त्यस्तै गोल्डेन गेट एजुकेशनल सेन्टरले १० हजार, युयस एकेडेमीले ५ हजार १ सय ५५, धौलागिरी बहुमुखी क्याम्पसले ९ हजार ५ सय, फ्युचर ब्राईटर बोर्डिङ स्कुलले १५ हजार, अमृत आदर्श बोर्डिङले १० हजार, भाषा शर्माले ५ हजार, राजु गौतमले ७ हजार ७ सय ७७ र डिल्लि प्रसाद शर्माले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम उपलव्ध गराएका हुन् ।
भवन निर्माणको लागी जिल्लामा रहेका बिभिन्न संघ संस्था र ब्यक्तिहरुले देखाएको सदासायता र सहयोग महासंघका लागी निकै महत्वपुर्ण रहेको अध्यक्ष दिल श्रीषले बताए । जिल्ला बाहिर र बिदेशमा रहेका सुभेक्षुकहरुले समेत महासंघको अभियानमा सहभागी भएर सहयोग गर्ने क्रम जारी रहेको श्रीषले बताए ।