काठमाडौं, ४ माघ – दयाहाङ राई स्टारर नेपाली चलचित्र ‘मिस्टर झोले’ले ६ दिनमा २ करोड ४८ लाख ग्रस कमाइ गरेको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै कलेक्सन सार्वजनिक गरेका हुन् । काठमाडौंबाट १.४५ करोड ग्रस र मोफसलबाट १ करोड ३ लाख ग्रस कमाएको विवरण निर्माता टेकेन खड्काले पेश गरे । फिल्मको लगानी चाहिँ १.५३ करोड नेरु भएको बताइएको छ ।
‘दोस्रो सातामा पनि हामीले राम्रो सोज प्राप्त गरेका छौं,’ खड्काले भने, ‘हङकङसहित विदेशबाट समेत राम्रो रेस्पोन्स पाएका छौं । अष्ट्रेलिया, जापान, दक्षिण कोरियामा समेत स्क्रिन हुँदैछ ।’ निर्देशक रामबाबु गुरुङले क्रिटिक्सको आलोचनातर्फ लक्षित गर्दै कतिपय दर्शक सन्तुष्ट नभएको कुरालाई स्वीकारे । ‘क्रिटिक्सले घचघच्याउनु भएको हो भन्ने रुपमा लिएको छु,’ उनले भने, ‘तर, हामीले खोजेजस्तो बनाउन सकेका छौं भन्ने लाग्छ ।’
अभिनेता दयाहाङ राईलाई पत्रकारले ब्याक टु ब्याक फिल्म किन खेलेको भनेर जिज्ञासा राखेका थिए । उनले भने, ‘यसवर्ष निश्चित उद्देश्यका लागि फिल्म खेलेको थिएँ । त्यो उद्देश्य पछि भनौंला । धेरै फिल्म खेल्ने उद्देश्य पनि थियो । समय, टीम र फिल्म मनपरे खेल्नु भन्ने लागेको छ ।’ निर्माता खड्काका अनुसार शुक्रबारदेखि राम्र्रै शोसहित सिनेमा दोस्रो सातामा समेत प्रदर्शन हुँदैछ । निर्माताले सफलताका लागि मिडियालाई धन्यवाद दिन भन्दै प्रेसमिट गरेका थिए ।
‘मिस्टर झोले’ले ६ दिनमा कमायो २ करोड ४८ लाख
Previous Article४ माघ २०७४, ढोरपाटन दैनिक
Next Article प्रदेश राजधानी विवाद: कहाँ कहाँ छ प्रदर्शन ?