बागलुङ, २ माघ – नेपालीहरुको महान चाड माघे संक्रान्ति पर्वकोे पावन अवसरमा मनकामना युवा क्लब बरेङ गाउपालिका वडा नं २ सिग्दी बागलुङले आयोजना गरेको २६ औँ वार्षिक उत्सव तथा माघी मेलाको पाँचौ दिन मुल समारोहको उटघाट्न भएको छ । सचेत र संगठित व्यवहार, सभ्य सुन्दर र सबृद्ध समाज निर्माणको आधार भन्ने मुल नाराका साथ आयोजित मेला मुल समारोहको जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले उटघाट्न गरेका हुन् । उद्घाटन गर्दै ढुङगानाले माघी मेलाले खेलकुदको बिकाशमा पु¥याएको योगदानको प्रशंसा गर्दै बरेङ वरिपरिका जनसमुदायलाई समेटिने गरि राखेको निशुल्क आँखा शिबिरबाट सेवा लिन आग्रह गर्दै क्लबले स्रहानीय काम गरेको उल्लेख गरे । कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिलकुमारी पुन, वडा नं १ अध्यक्ष नरसिंह पुन, नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्ण प्रशाद आचार्य, सर्बोदय माबिका प्रधानाध्यापक चित्र थापा, सामुदायिक रेडियो बिहानी ८९ मेघाहजका स्टेशन को—अर्डिनेटर प्रकाश छन्त्याल, ईलाका प्रहरी कार्यलय बरेङका प्रहरी सहायक निरिक्षक धन बहादुर थापा, समाज सेवी क्याप्टेन कलाधर थापा, देवीराम गलामी, दयाराम थापा, सर्बोदय क्याम्पस बरेङका प्रमुख फुलकुमारी शर्मा लगायतले शुभकामना मनत्ब्य ब्यक्त गरेका थिए । कार्यक्रम वार्षिकोत्सव तथा माघी मेलाका संयोजक मिनबहादुर पुनको अध्यक्षता, पुर्वअध्यक्ष हिरा पुनको स्वागत र क्लवका अध्यक्ष मोहन पुनको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै क्लबले आयोजना गरेको २६ औँ वार्षिकोत्सव तथा माघिमेलामा कृषि तथा हस्तकला प्रर्दशनी प्रतियोगिता पनि सोमबार सम्पन्न भएको छ । कृषि उपजतर्फ टमाटरमा बरेङ गाउपालीका २ गेरुढुङगाका तेज बहादुर पुन उत्कृष्ट भएका छन ।
Previous Article२ माघ २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article महभीर खोलामा क्यानोनिङ