बागलुङ, १ माघ- सोमबार बिहान बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० गंगरेमा पिकअप जिप दुर्घटना भएको छ । बागलुङ, गुल्मी र प्युठानको सिमाना गंगरेबाट ना.अ.प. १०३८ नम्बरको पिकअप दर्लिङतर्फ आउदै गर्दा बाटोमै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बडिगाड वडा नं. १० दर्लिङका अन्दाजी ३४ बर्षिय मेखबहादुर बुढाको घटना स्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा बडिगाड–९ की ४५ बर्षिय पुनम बुढा, बडिगाड–१० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान–५ अर्खाका जितेन्द्र राना रहेका छन् । घाईते ३ नै जनालाई एम्बुलेन्सबाट उपचारका लागि बुर्तिबाङ ल्याईएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए । पिकअप बिहान ५ः३० बजे दुर्घटना भई सडक भन्दा १२ फिट तल खसेको बताईएको छ । के कारण दुर्घटना भयो भन्ने प्रहरी अनुसन्धानपछि खुल्ने प्रहरीले जानकारी दिएको छ ।
बागलुङको गंगरेमा पिकअप जिप दुर्घटना, १ को मृत्यु ३ घाइते
Previous Article१ माघ २०७४, ढोरपाटन दैनिक
Next Article २ माघ २०७४, धौलागिरी स्टार साप्ताहिक