बागलुङ, २९ पुस – सुविधा वहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा दिपेन्द्र वास्कोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन । संस्थाको शनिवार समपन्न नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा वास्कोटा सर्वसम्मत रुपमा चयन भएका हुन ।
सञ्चालक समितिको उपाध्यक्षमा विकास वझा, सचिवमा हरिप्रसाद उपाध्याय, सहसचिवमा खिम कुमारी वास्कोटा र कोषाध्यक्षमा श्याम प्रसाद शर्मा निर्वाचित भएका छन । समितिको सदस्यहरु भूपिन विष्ट, रमेश शर्मा, रामप्रसाद शर्मा, हिमाल श्रेष्ठ, अनन श्रेष्ठ र बिना जिसी सर्वसम्मत रुपमा निर्वाचित भएको अध्यक्ष वास्कोटाले वताए ।
संस्थाको लेखा सुपरिक्षण समितिको संयोजकमा केदारनाथ शर्मा र सदस्यहरुमा जीत वहादुर कार्की र त्रिलोक गौतम पनि सर्वसम्मत रुपमा नै छनौट भएका छन ।
साधारणसभाको उदघाटन जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले गरेका थिए । निवर्तमान अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय सदस्य चण्डी प्रसाद शर्मा र जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव नारायण प्रसाद आचार्यले र स्वागत हरिप्रसाद उपाध्यायले गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव विकास वझाले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको लागि प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष सन्तोषराज शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
सुविधा सहकारी संस्थाको अध्यक्षमा वास्कोटा निर्वाचित
Previous Articleस्वदेशमा काम माग्दै राष्ट्रिय झण्डा जुलुस
Next Article साउदी अरबका महिलाले अब रंगशालामै फुटबल हेर्न पाउने !