हरिकृष्ण गौतम
बेनीबजार, २७ पुस-घरबेटी र भाडावाला बीच सधै विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर ब्यवसाय र कोठमा बसेपनि घरबेटीको तानाशाही प्रबृत्तीबाट आजित भएका हुन्छन् । तर म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा टोलमा भाडामा बस्न आउनेलाई स्वागत तथा छोडेर जानेलाई विदाई गर्ने गरिन्छ । विरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिक रुपमै कार्यक्रम गरी घरधनी र भाडावालाको सम्बन्ध बलियो बनाउने गरी नौलो सुरुवात गरेको छ । जिल्लाकै प्रमुख प्रशासनिक केन्द्र समेत रहेको विरेन्द्रचोकबासीले घरधनी र भाडावाला बीच नङ र मासु जस्तै सम्बन्ध हुनुपर्छ भन्दै दुईजना ब्यवसायीलाई विदाई र दुईजनालाई स्वागत गरेको छ ।
टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले टोलभित्र बस्ने बीच नियमित सम्पर्क हुने गरी परिचय तथा स्वागत कार्यक्रम गरिएको बताए । पहिलोपटक आयोजना गरिएको कार्यक्रममा बेनीबाट ब्यवसाय छोडेर पोखरा गएका दिपक अधिकारी र कृष्णप्रसाद पोख्रेलले विक्री गरेको फेन्सी पसल खरिद गरेका म्याग्दीकै मंगला गाउँपालिका–२ बरंजाका प्रकाश सापकोटालाई गरिएको स्वागतमा पहिलोपटक नयाँ र पारिवारिक जमघट जस्तै अनुभुती गरिएको बताएका थिए । बेनी नगरपालिका भित्रका टोल सुधार समितिमा नमुना मानिएको विरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकरी, जिल्ला न्यायधिश लगाएतका जिल्लामा आउने र सरुवा भएर जाने टोलभित्रका सरकारी कार्यालयका प्रमुखलाई समेत सम्मान गदैं आइरहेको छ ।
सार्वजनिक खानोपनीको सुविधा, दैनिक सरसफाई, एकघर एक डस्बिन, तीव्र गतिमा गुड्ने सवारी साधनले दुर्घटनाको सम्भावना रहेकाले ट्राफिक कार्यालयसंग सहकार्य गरी गती नियन्त्रण बोर्ड, चोकमा सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाईका साथै विभिन्न कार्यमा आर्थिक सङ्कलन गर्ने गरेको छ । जिल्लाकै सफा र सुन्दर टोल बनाउने अभियानमा एक घर एक सहयोगका साथै हरेक महिना सडक बत्तीको बिल समेत भुक्तान गर्ने गरिएको समितिका उपाध्यक्ष पूर्णबहादुर कार्कीले बताए । उनले टोलबासी बीचको सहकार्यले अन्य टोललाई समेत सिक्ने अवसर मिलेको बताए । बेनी नगरपालिकाले नमुना टोलको रुपमा सम्मान समेत गरेको छ ।
म्याग्दीमा भाडामा बस्नेलाई यसरी गरिन्छ विदाई र स्वागत
Previous Articleसेक्स काण्डमा रंगेहात समातिए २३ नं.बाहिनीका मेजर शाह
Next Article राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा मतदान केन्द्र