डिल्लीप्रसाद गौतम
‘कला संस्कृतिको प्रर्वद्वन गरौं बागलुङ महोत्सव सफल पारौ’ भन्ने मुल नाराका साथ शुरु भएको १० दिने ५ औं बागलुङ महोत्सव यही पौष १४ गते शुरु भै २३ गते सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिने भनी शुरुका दिनहरुमा प्रचार–प्रसार गरिएता पनि अन्तिममा आएर एनआरएनका अध्यक्ष भवन भट्टबाट उद्घाटन भएको महोत्सव अवधिभर निकै चर्चामा नै रह्यो । खासगरी भवन भट्टबाट उद्घाटन गराउँदा आयोजकले जे–जति आशा अनि अपेक्षा गरेका थिए त्यसको तुलनामा उनको उपस्थिति खासै उपलब्धीमुलक बनेन् । न त उनले आफ्नो भाषणमा दम राखे न त बागलुङ जिल्ला र खासगरी बजार क्षेत्रको व्यापार व्यवसायको उत्थानको लागि कुनै मौखिक योजना वा महोत्सवको लागि कुनै आर्थिक सहयोग नै । जे–जति आशा अनि अपेक्षाका साथ आयोजकहरुले भवन भट्टलाई प्रमुख अतिथी बनाउने सोच बनायो त्यसको तुलनामा परिणाम हात नलागेको आमनागरिकहरुको बुझाई रहेको छ ।
लामो समय पश्चात ठुलो मेहेनत र प्रतिक्षाका बीच सम्पन्न ५ औं बागलुङ महोत्सवको आफैमा विशेष महत्व राख्दछ । खासगरी कला संस्कृतिको जगेर्ना, विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार तथा भ्रमण, स्थानिय कृषि तथा व्यवसायिक उत्पादनको बिक्री तथा प्रचार–प्रसार गर्ने मुख्य उदेश्यका साथ आयोजना गरिएको बागलुङ महोत्सव तुलनात्मक रुपमा सफल मानिए पनि आयोजकको अनुमान अुनसार त्यति फलदायी बनेन् । आयोजकको योजना अनुसार करिब–करिब १ लाखको हाराहारीमा टिकट वितरण गर्ने र लगभग ६० लाख बराबरको टिकटबाट मात्रै आम्दानी जुटाउने र त्यसको ३ प्रतिशत रकम नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि रकम छुट्टाउने प्रतिवद्वता थियो । यसरी १ लाखको संख्यामा प्रवेश टिकट काट्ने लक्ष्य राखेको आयोजकहरु लगभग आधा–आधी टिकट बिक्रीमा खुम्चिनु प¥यो । जसका कारण आयोजकहरुको आर्थिक भार थपिन पुगेको छ । मेला तथा महोत्सव आयोजना फगत लहडमा गरिने कुरा पनि होइन र यो सम्भव पनि छैन । मेला महोत्सव आयोजनामा विशेष धनराशी, श्रम शक्ति, समय र जनशक्ति जुटाउनु पर्ने हुन्छ । यति सबैको कुराको विशेष व्यवस्था गरेर आयोजना गरिने मेला महोत्सव आयोजकका केही विशेष योजना पनि हुन्छन् । तर पनि यसपटक मेलाबाट आयोजक बागलुङ उद्योग वाणिज्य संघलाई नारामा भनिए जस्तै ‘कला संस्कृतिको प्रर्वद्वन प्रचार–प्रसार र रमाईलो मेला बाहेक आर्थिक उपलब्धि अत्यन्तै न्युन हुने अनुमान गरिएको छ ।
बागलुङ महोत्सवमा जब–जब आयोजना हुने गर्दछ तब–तब विभिन्न खालका टिकाटिप्पणी, आरोप–प्रत्यारोप र जुहारी शुरु भै हाल्दछन् । विगतको चैत्राष्टमीको अवसर पारेर गरिएका मेला महोत्सव पछिल्लो समयमा बागलुङ भगवती गुठी र बागलुङ उद्योग वाणिज्य संघबीच प्रतिष्पर्धा जस्तो देखिन पुग्यो । तत्पश्चात केही वर्ष उद्योग वाणिज्य संघले उक्त मेला महोत्सव आयोजना नै गरेन । कहिले ठाउँको अभाव त कहिलो समयको ? तत्पश्चात केही वर्ष खाली रहेको मेला महोत्सव विगत १ वर्ष देखिको तयारी पश्चात समय, ठाउँ परिवर्तन गर्दै यस वर्ष सम्पन्न बागलुङ महोत्सव पनि आलोचनाबाट अछुतो भने रहेन । कतिपय सापेक्ष र उपयुक्त टिका टिप्पणी भ एभने कतिपय पुर्वाग्रही र मनगणन्ते पनि । खासगरी मेलाको पास वितरण र टिकटका बारेमा अलि बढि नै टिकाटिप्पणी भएको यस मेलामा देखियो । भवन निर्माणको सहयोग प्राप्त गर्ने उदेश्यले टिकट वितरणको जिम्मा लिदै स्वयंसेवकको कार्य गरी अहोरात्र खटिएको नेपाल पत्रकारको सम्पुर्ण युनिट समेत विवादित बन्नु प¥यो र बेला–बेला विभिन्न व्यक्तिबाट प्रवेश कार्ड अनि टिकट शुल्कका बारेमा सार्वजनिक रुपमा नै कहिले पत्रपत्रिका त कहिले अनलाइनमार्फत स्पष्टिकरण दिई रहनु प¥यो । खासगरी प्रचार–प्रसार गरेरै प्रवेश टिकट रु. ६० भनिएको टिकट आयोजक र पत्रकार मित्रहरु कै मिलेमतोमा अंग्रेजी वर्षको पहिलो दिन आगमनको अवसरमा क्षणभरमा रु. २०० बनाएको विषय अन्यन्तै विवादास्पद बन्यो । उही महोत्सव, उही स्थान र समयमा एका–एक टिकट महशुल वृद्विलाई दर्शकहरुले स्वभाविक मानेनन् । विभिन्न स्थानबाट साँझको महोत्सवको साँस्कृतिक कार्यक्रम हेर्न उपस्थित स्थानिय र बाह्य संस्कृतिप्रेमीहरुले सहज मान्न सकेनन् । यसै विषयलाई लिएर उता ‘डिजे कन्सर्ट’ चलिरहेको अवस्थामा प्रवेशद्वारमा झडप समेत हुन पुग्यो । कैयन दर्शकले प्रश्व उठाउँदा समेत राज्यको चौथो अंगका हिमायती पत्रकार बन्धुहरु दर्शकको आवाजलाई कैद गर्न समेत सकेनन् । वास्तवमा यो आयोजकको चालबाजी र टिकटको जिम्मा लिएको नेपाल पत्रकार महासंघको मिलेमतो नै थियो । विचारा दर्शक अनि साँस्कृतिप्रेमीहरु छिनभरमा ६० को टिकट रु. २२ तिर्न मन अमिलो बनाएर र आवाजविहिनको आवाज बनेर टिकट लिई मित्र छिरे । वास्तवमा त्यो भित्रको जुन ‘डिजे कन्सर्ट’ थियो । हाम्रो कल्चर अथावा संस्कृति नै थिएन । अनि आयोजक संस्था र पत्रकार मित्रहरु कुन संस्कृतिको जगेर्ना गर्नको लागि ६० को टिकट २०० बनाउन एकाएक सहमत भए ? सम्पुर्ण दर्शक अनि श्रोताहरुको प्रश्न छ ।
महोत्सव अवधिभर बहुचर्चित प्रवेश पासले पनि आयोजकलाई टाउको दुखाई बन्यो भने बाहिरी जगतमा पनि यसले नकरात्मक प्रचार–प्रसार ग¥यो । वास्तवमा जति चर्चामा आयो त्यति पासको व्यवस्था भने थिएन् । मेला महोत्सव आयोजनाका लागि थुप्रै सहयोगी संघ संस्थाहरु हुन्छन् । ठुलो धनराशी खर्चन पर्ने र व्यवस्था गर्नु पर्ने देखिन्छ । आयोजक संस्थाले बागलुङ बजार क्षेत्र भित्र तथा बाह्य स्थानबाट समेत विभिन्न संघ संस्था, बैंक, अन्य वित्तिय कारोबार गर्ने सहकारी वा संघ संस्था, विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गर्दैगर्दा सहयोगीहरुलाई पाशको व्यवस्था गरेको हुन्छन् र गर्नु पर्दछ । त्यसपछि संघका नियमित चन्दादाता, उद्यागेी व्यवसायीलाई वार्षिक नविकरण शुल्क रु. ५०० र थप शुल्क २०० तिरेर पासको व्यवस्था मिलाएको थियो । तर वास्तवमा जसले रु. २०० तिरेर पाश लिए ति व्यापारी १० दिनमा २ दिन पनि महोत्वमा उपस्थित भएनन् । त्यसै गरी आयोजकलाई नेपाल पत्रकार महासंघलाई विभिन्न संचारमाध्यमलाई प्रचारको लागि पासको व्यवस्था पनि मिलाएकै हो । तसर्थ समग्रमा पाशको व्यवस्था पनि बढि नै भएको हो । तर, यथार्थता नबुझेरै पनि पास वितरणलाई विभिन्न सञ्चार माध्यमहरुमा अतिरञ्जित गरी प्रचार–प्रसार हुनुले पनि महोत्सवलाई कुनै न कुनै कोणबाट प्रभावित गर्ने प्रयत्न भएकोमा दुई मत छैन ।
समग्रमा भन्नुपर्दा बागलुङ महोत्सव सफलतापुर्वक सम्पन्न भएको छ । सदैव कलाकारको उपस्थितिमा रमाउने दर्शक स्थानिय कलाकारहरुले चित्त बुझाउनु प¥यो । भलिबल खेलले अत्यन्त दर्शकहरुको मुटु नै छुन सफल भयो । स्थानिय व्यापारीहरु यस महोत्सवबाट कमै लाभान्वित भएभने बाह्य व्यापारी पनि स्टलमा त्यति सुन्तुष्ट देखिएनन् । खासगरी होटल तथा रेष्टुरेण्ट, रमाईलो खेलहरुमा ठेलमठेल भिड भयो । महोत्सवको आयोजना हुने समय तथा मौसमका बारेमा पनि नागरिकमा धेरै नै चर्चा भयो । त्यसैले आगामी दिनमा आयोजकहरुले राम्रा सुझाव अनि प्रतिक्रियालाई समेट्दै र अनावश्यकबाट विचलित न भै यस समयमा पारदर्शी भई मेलाको हिसावकिताब सार्वजनिक गरोस् ।
Previous Articleगुन्जन छाडे गन्धर्वका बेदनाका गीत
Next Article ठेकेदारी प्रथा अन्त्य गरौं