बागलुङ, २५ पुस – बागलुङ नगरपालिकाको दोस्रो नगर सभा मंगलवारदेखी शुरु भएको छ । होटल दि राजनको सभाहलमा शुरु भएको सभाको पहिलो दिन ‘आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७४’ पेश गरिएको छ ।
नगरसभाका सचिव तथा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बिधेयक पारितका लागि टेबल गर्नुभएको प्रस्तावित बिधयेक माथि भोली बुधवारदेखी छलफल शुरु हुने नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले वताए ।
बैठक भोली विहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । नगरसभामा बागलुङ नगरपालिकाका वडा नम्बर १ देखख्ी ११ सम्मका वडा अध्यक्ष, सदस्य एवम् कार्यपालिकाका सदस्यहरुको सहभागिता छ । आर्थिक सहित बजार अनुगमन र स्थानीय सञ्चार माध्यम सञ्चालन सम्वन्धि बिधेयकमा छलफल हुने नगरसभा आगामी माघ २ गते सम्म चल्ने बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।
प्रचलित कानुन बमोजिम एक आर्थिक बर्षमा सामान्यतयाः दुई वटा नगरसभा हुनुपर्ने व्यवस्था बमोजिम मंगलवारदेखी हिउँदे अधिवेशन प्रारम्भ भएको हो । सामान्यतयाः हिउदे अधिवेशनलाई बिधयेक अधिवेशनको रुपमा हेरिन्छ भने बर्षे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा हेरिने गरिन्छ ।