डा. मुकेशकुमार चालिसे
मस्तिष्क क्षमताको आधारमा संसारमा सवै प्राणीहरूमा मानिस सबभन्दा बढी क्षमतावान मानिन्छ । प्राणीहरूको विकास हुने क्रममा आदिम मानवको ताउ आकारको टाउकोबाट गोलो गुम्मज आकारको टाउको बनेपछि मस्तिष्कको अगाडीका भाग मात्र होइन वीच र पछाडीको भाग पनि बिकसीत तथा ठूलो भयो । त्यसैले मानिसहरू आवश्यकता अनुरुपनै आवाज र इसाराबाट भाषा प्रयोग गर्ने तिर लागे । हिजो आजका जनावर जस्तै समुहमा रहँदै ओडार, जंगल तथा रुखका हाँगा तथा कापहरूमा बसोबासगर्नु भन्दा घर बनाउन तिर लागे । सधँै खानेकुरा खोज्नु भन्दा जंगलका खाद्य पदार्थको भण्डारण गर्न थाले साथै अन्न उमारेर धेरै दिनलाई पु-याउन थुपार्ने वा जम्मा गर्न थाले ।
आजको विविधतायुक्त समाज बन्नु अघि त्यहि मस्तिष्क क्षमताले गर्दा नै चाँडै बिकसीत भई आफूसरह बिकसीत भएका र पृथ्वीमा देखा परेका सहयात्रीहरू भन्दा धेरै द्रुतगतीमा तर पृथक रुपमा विकास गरेर पृथ्वीमा मात्र होइन आज सौर्य मण्डलका अन्य ग्रह उपग्रहमा समेत विस्तारीत हुन खोजी रहेको छ ।मानिसको समाज हरेक महादेशमा केही अधिसम्म विविधतायुक्त तर आ–आफ्नै किसिमले विकसित भएको पाईन्छ । त्यसैले त अझै पनि एसिया र अफ्रिकामा अनौठो स्वभाव तथा चाल–चलनभएका मानव समाज भेटिन्छन् । भर्खरैजसो हिन्द महासागारका केही टापु (सेन्टीनल) र अण्डमान निकोबारमा करिब निर्वस्त्र मानिस समुह भेटीएको खबर छ । त्यस्तै, अफ्रिकी मध्यभागमा साथै अमेजन नदीको बेशी, दक्षिण अमेरिकामा पनि निवस्त्र मानव समुदाय भेटिएका छन् । नेपालमा त्यस्तै नभए पनि फिरन्ता जीवन विताउने बनका राजा राउटेको अस्तित्व सबैका लागि इतिहास दृष्टिगोचर गराउने गर्वको विषय बनेको छ ।
हिजोसम्म संसार, सञ्चार तथा लामोदुरीको चलफिरको अभावमा एकै समयमा विकशित भएकाहरूमा प्राकृतिक स्वभाव र पूर्वइतिहासको आधारमा तुलनात्मक हिसावले कोहि अलि अगाडी र कोही पछाडी भन्ने थियो । तर आज सञ्चार तथा आवागमनको कारणले सवैजसो ठूला सहर र बजार उस्तै भएका छन् भने सबै काँठ क्षेत्र, देहात तथा मोटरबाटोले छोएका गाउँघर उस्तै भएका छन् । मानिसको सोचाई पनि सामान्यतया उही परिवेशमा उस्तै हुँुदै आएका छन् । यती हुँदाहुँदै पनि जनावर भन्दा स्वभावमा मानिसहरू प्राकृतिक अनुशासन पनि नाघेर अनौठो प्राणीमा विकसित हुँदैछ । यस्तो अनौठोपनको विकृतरुप– अल्पसङ्ख्यामा रहेका आर्थिक तथा सामाजिकरुपले ठूला भनाउँदाका परिवारमा, तिनको सिको गर्ने मध्यम वर्गका किसोर–किसोरी तथा स्वभावगत हिसावले बिग्रिएका न्यूनमध्यम तथा आवारा सर्वहाराहरूमा पनि देखिएका छन् । डरलाग्दो पक्ष के हो भने यस्तै बिकृत कुरा समाजको मानक, मापदण्ड र मानव प्रवृतिको नमुना बन्छ कि भन्ने सर्बसाधारणको आसङ्का हो । तर सामाजिक बहिष्कारमा परेर त्यस्तो समुह र तप्का चाँडै बिलाओस् भन्ने कामना पुरा गर्न सचेतहरू अघि बढ्नु पर्नेछ, बोलीहाल्नु पर्नेछ । यस सन्दर्भमा नेपाली समाजका देखा परेका केही चरित्रहरू जनावरसँग तुलना गर्दै चर्चा गरौँ ।
जनावर विदेश जाँदैनन्
जनावरहरू प्रायः जोडा समुह बाहेक सवै आप्mनै समुहमा बस्छन् । जोडा समुहका सन्तान पनि प्रजाती समुहमा रहेपनि पैत्रिक गुँड वा बासस्थानबाट फरक पारी बस्छन् । समुहमा रहने पनि उपसमुह बनाई बसेका हुन्छन् । तर आफ्नो रैथाने बासस्थान तथा पैत्रिक सम्बन्ध नटुटाई बस्छन् । पशुपति मन्दिरका राता बाँदर उही प्रजाती भए पनि स्वयंभू तिर आउँदैनन् बरु बासस्थान तथा चरन क्षेत्र विस्तार गर्दै गौचरन अथवा सिनामंगल तिर लाग्छन् । शुक्ला फाँटाका बाह्रासिङ्गा चरन क्षेत्र राम्रै भएपनि अर्जुनी फाँटा वा हिरापुर फाँटातिर जाँदैनन् । चितवनका गैँडाहरू जतीसुकै आन्तरिक द्वन्द्व भएपनि पर्साको जंगल काटेर बिरलै पूर्व लाग्लान । हुनत, ती ठाउँमा आफ्नो समुहको प्रतिस्पर्धा कम भएर मिठो खान प्रसस्त पाइएला र बसोबास पनि राम्रै होला । तर जनावरले आफ्नो प्राकृतिक अनुशासनको सिमा कायम नै राखेको छ । मानिस विभिन्न लालसा तथा तृष्णाले के गर्दै छ ? भिसाको मोहलाई कुन कोटीमा राख्ने होला ? पैसाको बलले चिकित्सक बन्ने कस्ता होलान ? देशमा राम्रो शिक्षा प्रणाली लागु नगर्ने तर आप्mना छोराछोरी बिदेश पठाउनेका सन्तानहरू पछि कस्ता चरित्रका हुन्छन् होला ?
समुहमा मिल्न नसक्ने वा उपद्रयाईँ गर्ने एक्लेलाई कुन सामाजिक मर्यादा चाहिन्छ ? त्यस्तै विदेश पलायन हुने बहुसङ्ख्यकले यो वा त्यो बाहाना– अध्ययनकालागि (पछि उतै टास्सिने), अवसरकालागि (अर्काको देशमा जे गरेपनि हुने, नेपालमा प्रतिष्ठा खोज्ने), व्यक्तिगत स्वार्थमामात्र होइन (परिबारकालागि भन्ने तर एक्लै बस्न रमाउने) भनेपनि बेला बखत उनीहरूले गरेका ब्यबहारले निर्लज्जता देखाएको पाईन्छ । नेपाल आउँदा मौका पर्नासाथ ठुलो देखाउन नेपालमा प्रदुषण भएको, पानी खराब भएको र सिष्टम नभएको भनि हाल्छन् । मध्य–एसियामा विकसित भई पूर्व लागेका हामी नेपालीहरू चोखो चाहिए सेतो जामा, फेटा, धोती, भोटो आदि लगाउँछौँ किनकी रङ्गीन वस्तुमा मिसावट हुन्छ । सेतो कपास सुद्ध हुन्छ भन्ने मान्यताले ती काम गर्छौँ र आप्mनो उद्गमलाई (अफ्रिकाबाट आई ककेशस पठारमा धेरै बसेकाले कपाससँग जोडिएको संस्कार) जानी नजानी अँगाल्छौँ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा मिलेर बसेको लंगुर बाँदरको समूह, तस्विर लेखक
त्यस्तै, नेपाल बसुन्जेल टोपी र दौरा सुरुवाल लगाउनु ‘पाखे’ हुनु हो भन्ने ठिटो र हङकङ यताको फैसन नगर्ने ठिटी विवाह गर्दा वा चाड मनाउँदा – देखाउन पनि अमेरिका होस् वा अष्टे«लीया जहाँ भएपनि नेपाली दौरा सुरुवाल टोपी तथा गुन्यू चोली र काँडे तीलहरीमा सजीएर फोटो खिचाउन लालायीत हुन्छन् । अन्यत्र नसके पनि फेसबुक तिर वा घरमा फोटो पठाउन त्यसो गर्छन्, हिमालको टाकुरामा पुगेको बहादुरी देखाउने हाउभाउमा । तर जनावरहरू जहाँ गएर आए पनि फाँईफुट्टी देखाउँदैनन् अथवा समुह त्याग्न खोज्दैनन् बरु समुह छोडेर व्यक्तिगत फाईदा लिन गएको मौकावादीको आरोपीतझैँ समुह भित्र भित्र्याउन खोज्दैनन् । त्यसैले त, त्यस्ता एक्ले विर बन्न खोज्ने जनावर, समुहमा मिसिन आउँदा– निहुरी–निहुरी निम्छरो भएर समुहको वरपर घुम्दै मिसिन खोज्छन् । डुलुवा कुकुर, एक्ले बाँदर, अथवा कुनै पनि समुहबाट टाढा परेको चरालाई हेर्नुहोस् कति बिनम्रतापूर्वक समुहको घेरामा जान खोज्छ । तर आप्mनो सुरले बिदेसीएका मानिस के गर्छन, सबैलाई थाहा छ ।
ढाँटदैनन्, जनावर
जनावरहरू एक अर्कालाई ढाँटदैनन् । उनीहरू कहिल्यै पनि आफ्नो समुहको अनुसाशन मिच्दैनन् । सामुहिक मर्यादा बाहिर गए बरु त्यस्तो गर्नेलाई अन्तीम दण्ड दिन परे सबै मिलेर समुहबाट निकाल्छन् । बाँदरले रुखमा हाँगा बिच फालहाल्दा भाँचिन सक्ने हाँगाको टुप्पा भाँचिदिएर पछि आउनेलाई सुरक्षित पार्छ । मृगहरू तथा अर्नाहरू बहुसङ्ख्यकले चाहेको घाँसे मैदान तिर चर्न निस्कन्छन्, एउटालाई मनलागेको तिर जतिसुकै पउल भएपनि जाँदैनन् । मानिस व्यक्तिगत फाईदाकोलागि जुनसुकै काम गर्न तयार छन् । जनावरले एकलौटी फाईदा हेर्दैन, सँधै समुहलाई ख्याल गर्छ । चराहरूले चर्न वा खाना खोज्नगएको अथवा बास बस्न गएको हेर्नुहोस् त् सवै सामुहिक रुपले गर्दछन् । मृग र हात्तीले पनि पानी खाँदा हेर्नुहोस् त अगाडी पुगेकाले अलिकति पानीले तीर्खा मेटेपछि अरुलाई पालो दिन्छन्, अनि थप खान पछि बस्छन् । मानिसहरू पैसा खुवाएर, भ्रष्ट तरिका अपनाएर भएपनि आधा इन्चको पाइप जोडेर पानी धारा जडानगर्ने प्रचलनलाई नाघेर ठूलो पाईप जोडेर हुन्छ कि मूलपाइप बिगारेर हुन्छ, आफूलाई धेरै आउने बनाउँछन् । कति ढाँट कुरा । आप्mनो फाईदामा प्रचलित नियम मिच्ने मानिसका कति निर्लज्ज तरिका !
जनावरले बलियो भएपछि समुह रक्षा गर्ने तिर शक्ति लगाउँछ– पालो बस्ने, खानाको रक्षा गर्ने, आफ्नो समुहले बढी उपभोग गरुन भनि रेखदेख गरिरहने गर्छ भने मानिस बलियो भएपछि ठगठाग तथा हुलहुज्जत गर्न तिर लाग्छ । यसोगर्नु शक्तिको घमण्ड देखाएको त् हुँदै हो तर आफ्नै प्रजातीलाई ढाँटेको, हेपेको तथा अन्याय गरेको होइन र ? शिक्षकहरू यथेष्ठ अध्ययन गरेर, पाठ योजना बनाएर, विद्यार्थीले बुभ्mनेगरी प्रयाप्त पढाउनु पर्ने ठाउँमा ठूला स्वरले हकारपकारगर्ने, ठूलो पल्टने र दिन गन्तीगरि महिना मरेपछि तलब थाप्नु अधिकार संझन्छन् । विद्यार्थीहरू आधारभूत तहगत ज्ञानको ठाउँमा गलतै तरिकाले पनि नम्बर बढी ल्याउन खोज्ने र त्यहि लब्धाङ्कपत्र देखाई घमण्ड गर्छन । उस्तैपरे, आप्mनो मनलागि गर्न त्यसैलाई देखाई बाबु–आमालाई घुक्र्याउँछन् ।
हिजोआज, शिक्षकका नक्कली प्रमाणपत्र, सुरक्षाकर्मी चोरीमा संलग्न, सेवामुलक संस्थामा आयमुलक काम, न्यायलयमा पैसाको चलखेल, जनप्रतिनीधि र राष्ट्रसेबक भनाउँदा राष्ट्रद्रोही काम गरेका त् समाचार नै बन्छ, तर लाज नै छैन, कसरी मुख देखाउँछन् होला आप्mनै परिबार र नातागोतामा ? होइन, कस्लाई ढाँटी रहेछन् आजका मै हुँ भन्ने र धाकैमा रमाउने मानिसले ? जनावरले त त्यस्तो गर्दैन । योग्यता नपुगेपनि मानिसहरू राजनीतिक, धार्मिक, जातिगत, समुहगत अथवा पहँुचका आधारमा ठूला पद ओगट्ने अथवा लाभका पद लिने गर्दछन् । तर जनावरहरू असक्षम भएपछि आफैँ प्रतिस्पर्धामा नै जाँदैनन्, कति इमान्दार, कस्तो आत्म–विवेचना छ उनिहरूमा ? जनावरमा सक्षमहरूका बिचमा भने मज्जाको प्रतिस्पर्धा हुन्छ अनि जसले सक्षमता देखाउँछ, उसलाई सबैले मान्छन् । मानिसले चैँ किन ढाँटेका, कुन प्रजातिलाई ढाँटेका, छलेका ? ठूलो मस्तिष्कले त् लाज मान्न, अदब राख्न, गल्तीमा पश्चाताप गर्न प्रकृतिले दिएको क्षमता छ नि, ख्वैत प्रयोग भएको ? हुन त् खुराफात, धुत्र्याईँ, फोस्रो घमण्ड तथा ठगीमानै बडप्पन देख्ने मानसिकताले कहाँ मानिसलाई मानिस भैmँ ब्यबहार गर्न लगाउँछ र ?
जनावरले कमिसन अथवा दलाली भाग खाएर नहुनेलाई हुने र हुनेलाई नहुने गर्दैन । फलफुल पाकेको अथवा खान पाइने ठाउँमा थाहापाउने बाँदरले आफ्नो समुहलाई लैजान्छ, राम्रा घाँसका पिउरा खान पाइने ठाउँमा मृगहरू सबै जान्छन्, एउटालाई अप्ठ्यारो परे सवैलाई सङ्केत दिई जानकारी गराउँछन् । मानिस छिमेकीले बास्ना सुँघ्छ भनी बास्ना आउने खाना नखाने अथवा ईख्याउन खाने पनि छन् तर जनावरले कहिल्यै त्यसो गर्दैनन् ।
जनावर दुराचारी हुँदैनन्
हिजो आज सवैजना सवै समुह तथा तप्काका मानिस अधिकार खोज्न जाँगरिला छन् । सवैलाई अधिकार चाहिएकाले कसैले पैसा दिए अरु काम छाडी जुलुस गर्छन, सभा, छलफल र गोष्ठी गर्छन् । अनि काम सिद्धियो । अधिकारको नाममा कति ढाँटेका, कति दुराचार गरेका ? नभए, हिजो आज दुराचार तथा उत्पीडनको घटना झन किन बढेको ? जती अधिकारका कुरा बढ्दै छन् त्यति हिंसा बढ्दैछ । कि कसरी दुराचार हुन्छ भन्ने प्रचार भईरहेछ । सामाजिक मर्यादा, जिम्मेवारी तथा कर्तव्यको अभावमा अराजक अधिकारको कुरा व्यवहारीक नभएर हो कि ?
जनावरहरूमा भाले पोथी, किसोर–किसोरी, अपाङ्ग, बालक, कमजोर सवै खालका, सवै उमेर र शारीरिक अवस्थाका सदस्यहरू हुन्छन् तर सामाजिक अनुशासन कायम राख्ने बानीका कारण उनीहरू हेप्ने, छल्ने, बदमासी गर्ने, बालात्कार गर्ने, आदि गर्दैनन् । आफन्त वा समुहका सदस्यलाई संकट पर्दा मिलेर सद्भाव कायम गर्छन । हुँदा–हुँदा हाडनातामा गर्भाधान समेत हुँदैन, त्यसैले त् धेरै स्तनधारी समुहहरूमा भाले वयस्क हुने ताका आप्mनो समुह छोडी अन्यत्र साथी खोज्न हिँडेको पाईन्छ, यसो अध्ययन गरौँ त् ।
पशुपतिमा आमा मरेको बच्चा स्याहार्ने भाले बाँदर तथा मरेको बच्चा च्यापेर हिड्ने पोथी बाँदर सजिलै देख्न सकिन्छ । मिलीजुली अनाथ बच्चालाई दुध ख्वाउने हात्ती तथा समुहमा फूल ओथारा बस्ने ओष्ट्रीच प्रजातीका चरा तथा बच्चाहरूलाई पालै पालो दुध खुवाउने कुकुर, बाख्रा, गाई ठाउँ–ठाउँमा भेटिएकै हो । तर मानिस व्यक्तिगत सजिलोकोलागि बृध्द बा–आमालाई अनाथ आश्रम वा बृध्दाश्रमतिर घच्याड्छ तर दसौँ हजार पर्ने, राम्रो जातको भनि पुच्छर हल्लाउने कुकुर पाल्छ । ऋतु महिना लागेपछि खानु न खुट्नुसँग सहवासकोलागि हिँड्ने कृष्णसार मृग तथा गल्लीका भूस्याहा डाङग्रा अरु बेला त् सौम्य हुन्छन् नि, तर, मानिस– विग्रिएका कि आधुनिक भएका ! मानिस हिजोआज एक्लाएक्लै रमाउँछ, पाका उमेरकालाई हेप्छ, सबैकुरा पैसा हो भन्छ अनि मानवता नामको अनुसाशन बिर्सन्छ, उमेरमा जोडा मिलाई घरजम गर्नु साटो यौन बिकृति ल्याउँछ र बलात्कारको श्रृङ्खला थपि रहन्छ ।
मानिस मात्र हो, कुतर्क गर्ने
मानिसहरूमा विकास हुने क्रममा तर्क गर्नसक्ने हुनकालागि मस्तिष्कको पछिल्लो भाग पनि विकसित भयो । मस्तिष्कको त्यसभागले मनमा कुरा खेलाउन शाश्त्रास्त गर्न, बाद विवाद गर्न सक्षम तुल्याएको छ । के आजका मानिस असल पक्षमा, सामुहिक हितमा तथा आफू मात्र होइन बहुसङ्ख्यकको हितमा छलफल र काम गरिरहेछन् त् ? अवसर तथा केही गरेर देखाउने नाममा पैत्रिक सम्पत्ती सकेर भए पनि विदेश जाने र उतै हराउने हाम्रा आफन्त कुन कोटीमा पर्छन । त्यता गएर बडो चिल्लो तथा शिष्ट उपदेश छाँट्ने तीनका तर्क कतिको सामुहिक हितमा छन् ? हिजोआज बाबु आमालाई फोन गरेको भरमा नाता जोडीराख्ने सन्तान के आफ्नो फाईदामा विदेशीएका होइनन् र ? तीनबाट देशको हितको त कुरै नसोचौँ, त्यो त मन्त्री वा नेताले ‘स्वास्थ्य क्षेत्रमा नेपालमा यसो गरेको छ’ भनि जनतालाई भन्दै आफू चाही हाच्छिउँ आउँदा पनि बैङ्कक पुगेर जँचाए जस्तो भएन र ? हो, योग्यता वा बिशेष योग्यता प्राप्त गरेर स्वदेश फर्किनेको त् कुरा नै फरक हो, ती धन्यबादका पात्र हुन ।
नेपालमा अर्को कन्तविजोक त सार्वभौम दर्शनलाई पार्टी पिच्छे व्याख्या गर्ने ढाँट र कुर्तक लिन सकिन्छ । कसरी सार्वभौम कुरा आफू अनुकुल व्याख्या गर्ने ! यो त पण्डीतले पुस्तकका माछा खाना नहुने तर खोलाको हुने भनि सप्ताह भनिसकेर फर्कदा आप्mनी बुढीलाई माछा तारेर खाने सल्लाह दिए जस्तो भएन र ? त्यसैको फल त् बिगत चुनावमा सांसदलाई लाग्ने “बिक्रीका बोका”को उदाहरण जनस्तरमा झरेर दस–बिस हजारमा पार्टी कार्यकर्ता भोटको खरिदबिक्रीमा संलग्नभएको सबैको मुखमा र चर्चामा देखा परे नी ! अब त्यस्ता नालायकहरू लायक भएको दम्भ सहित पार्टीका माथिल्ला तहमा देखा पर्दा, लाभका पदमा पदासीन हुँदा र बढी प्रजातान्त्रीक भएका भाषण तिनकै मुखबाट सुन्नुपर्दा, मानिसको तर्क गर्ने र गराउन सक्ने मस्तिष्कको त्यो भाग नभए पनि हुन्थ्यो जस्तो लाग्दैन त् तपाईँलाई ?
हेर्नुहोस् न् आजकाल नेपालका कुनै राजनीतिक पार्टीको छुट्टै पहिचान छ त ? के उनिहरूका चालचलन, बोली, ब्यबहार, काम, जनता प्रतिको दृष्टिकोण, देशको बिकास, निर्माण, आदीमा कुनै खास भिन्नता वा मौलिकता बाँकी छ त् ? त्यही नभएर त् होला, हरेक पल्ट मन्त्रीमण्डल बन्दा बढी भन्दा बढी मन्त्रीमात्र बन्छन्, जनता र देश भने खर्च धान्न नसकेर बिदेशीको हातमा जाला जस्तो भईसक्यो ।
जनावरहरू विनातर्क खान हुने बस्तु खान्छन्, गर्नहुने गर्छन, गर्न नहुने गर्दैनन् । बेमौसममा समागम नभएको, एउटाले खाँदा समुहमा अरुलाई बाधा नपारेको, गारो–साँगुरो, खतरा आदि जानकारी दिएर सामुहिकता देखाएको प्रसस्त उदाहरण जनावरहरूमा पाईन्छन् । भोको साथी भेट्दा वरपर खाना नभए आफ्नो पेटको खाना समेत ओकलेर खुवाई साथी बचाउने कमिलाको जती बुद्धी र तर्क मानिसको कहिले आउला ? आजका पैसा खेलाउने साथीभाई र तपार्इँहामी आफन्त वा मित्रलाई तात्तातो पूmस्रा रोटी र फलफुलको रस ख्वाउन जोड गर्छौ कि पाउरोटी र बिज्ञापन गरिएको रातो साँढे ? ती तपाईँका साँच्चैका आफन्त वा मित्र हुन् त् ?
सिमित स्वार्थलाई उन्नती ठान्दै परिवार छिन्न–भिन्न पार्ने बौद्धिक तथा व्यक्तिबादी सोचाईको मानिसको तुलना मरेका आफन्तको वर्षौपछि भेटिएको हाडलाई समेत माया गर्दै खेलाउने र सोक व्यक्त गर्ने हात्तीहरूसँग गर्न मिल्ला ? एकै ठाउँमा समान प्रतिस्पर्धामा खानाको आपूर्ती गर्नुपर्ने भएपनि समुहको भलाईमा बासस्थान नछाडने, समुहको रखवारी गर्ने र खाद्यवस्तु अरुले पनि खाओस् भनि पालो दिने लंगुर बाँदर र जङ्गली सुँगुर (बँदेल) सँग विभिन्न वाद र संगठनको नाममा सरकारी तलब (जनताको करको रकम) खाएर, कार्यालयको पद अनुसार कार्यालयको काम नगर्ने र जनताको काम पनि नगर्ने कर्मचारीसँग तुलना गर्न मिल्ला ? समुह र सदस्य सबैको पालना गर्न विपक्षी बैरीसँग लड्ने बाँदर, अर्ना (जङ्गली भैँसी), गधा, मृग आदि जनावरका अगुवाका व्यवहारसँग बातैपिच्छे तुजुक देखाउने पार्टीका अगुवा, लाभ नभए घुर्किसाथ पार्टी परित्याग गर्ने तथा स्थानीय समस्याको समाधान खोज्न नेपालमा डनको भरपर्ने तथा नसके दिल्ली जाने नेपाली स्वनामधन्य राष्ट्रिय नेताहरूसँग तुलना गर्न मिल्ला ?
जनावरसँग रहेका असल गुणहरूको फेहरिस्त बनाउने हो भने मानिसहरू (सवै होइन, अचेलका मै हुँ भन्ने मात्र) साह्रै तल्लो कोटीमा पर्छन । केही मानिसहरूले गरेका त्यस्तो व्यवहार तथा प्रवृत्ति हेर्ने हो भने लड्दा ठोकिने त्यति ग¥हुँगो टाउका किन पाए होलान, ति मानिसले जस्तो लाग्दछ । त्यस्ता भुईँफुट्टाहरूले गर्नेजति काम गर्न त् समुह अथवा मानवजातीलाई नपच्छयाउने ती मुढ बुद्धीकालागि गड्यौलाको वा चिप्लेकीराको जस्तो स्नायू प्रणाली अथवा मस्तिष्क क्षमता भए पनि पुग्थ्यो होला ! किनकि ती प्राणीले पनि खान, सुत्न, आफुलाई फाईदा हुने गर्न, प्रिती गाँस्न, सन्तान जन्माउन र मर्न पनि जान्दछन् ।
हुनत, त्यस्ता मानिस मानव सभ्यताको विकासका किनारी उत्पादन (बाईप्रोडक्ट) मात्र हुन् भन्ने लाग्छ, जसरी सामान बनाउँदा कारखानामा ती सामानका धुलोमूलो तथा विकृत आकृतीका विग्रेका सामान बन्छन्, उत्पादनमा सवै असल राम्रा बान्कीपरेका मात्र हुँदैनन् नी । तर नराम्रोलाई नराम्रो भन्न सक्ने आँट तपाईँसँग हुनै पर्छ र मौका पर्दा त्यस्तालाई घृणाले थुक्न सक्नु पर्छ । चित्त बुझाउने र आप्mनो मत जाहेर गर्ने त्यती मात्र कारण र जुक्ति खोजे अली सञ्चो हुन्छ ।
(त्रिविविको प्राणीशास्त्र केन्द्रीय विभागमा कार्यरत डा. मुकेशकुमार चालिसे बाँदरलगायत बिभिन्न जनावरको अध्येता र अनुसन्धानकर्ता हुन।) रिभोसाईन्सबाट