बागलुङ, २५ पुस– पौषको २६ गतेदेखी जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा बजारमा हुने जैमिनी तथा माघेसक्रान्ति मेला व्यवस्थापनको लागि बिभिन्न उपसमिति गठन भएका छन् । मेला लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न भन्दै बिभिन्न नौ वटा उपसमिती निर्माण गरेको आयोजक साहारा क्लबले जनाएको छ ।
मेलाको अवसरमा आयोजना हुने खेलकुद तथा सांगीतिक प्रतियोगितादेखी सुरक्षा र स्वागत सत्कारका लागि अलग अलग उपसमिती गठन भएको क्लबका सचिव दिलिप थापाले बताए । महोत्सवमा आउने अतिथिको खाना खाजा लगायत यातायतको व्यवसथापनको लागि चित्रप्रसाद चापागाईंको संयोजकत्वमा ३ सदस्यी उपसमिती गठन भएको छ । त्यस्तै सचिवालयका लागि क्लबका अध्यक्ष सुरेश सुनारको संयोजकत्वमा जैमिनी–१ का वडा अध्यक्ष समेत रहने गरी ७ सदस्यीय सचिवालय बनेको छभने मिनल थापाको संयोजकत्वमा स्वयमसेवक तथा सुरक्षा उपसमिती गठन भएको छ ।
क्लबका सदस्य शिलशिला केसी संयोजक रहेको स्वागत सत्कार उपसमिती, बबिन थापा संयोजक रहेको यातायात उपसमिती, नबिनप्रताप जिसी संयोजक रहेको हाजिरीजवाफ उपसमिती, चित्र थापा संयोजक रहेको व्याडमिण्टन उपसमिती लगायतका उपसमिती गठन भएको सचिव थापाले बताए । मेलाको तयारी तिब्र बनाईएको र पौषको २६ गतेबाट मेलाको औपचारिक काम सुरु गरिने थापाले बताए । मेलाको मुल समारोहको माघ १ गतेका दिन प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले उद्घाटन गर्दै छन्भने पौष २७ गते भलिबल खेलको उद्घाटन नेपाल भलिबल संघका पुर्वबरिष्ठ उपाध्यक्ष लिलाबहादुर थापाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।