बागलुङ, २३ पुस– गल्कोट नगरपालिका कार्यालयले प्रथम चौमासिकको प्रगति सार्वजनिक गरेको छ । गल्कोट नगरपालिकाको कार्यालयले पत्रकार सम्मेलन गरी नगरपालिकाले आर्थिक बर्षको प्रथम चौमासिकमा गरेका कार्यप्रगति बिवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकाबाट सम्पादित कार्यहरुको बिवरण प्रस्तुत गरेका थिए ।
नगरप्रमुख गैरेले कार्यालय र वडा कार्यालय ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सामाजिक सुरक्षा बितरण, घर कायम र नक्सापास गर्ने कार्यको सुरुवात, सडक तथा भवन निर्माणको आधारभुत मापदण्ड लागु, नगरप्रमुख मातृ तथा शिशु स्याहार पोषण भत्ता कार्यक्रम, नगरपालिकाको जग्गा व्यवस्थापन, सडकहरुको नियमित संचालनको लागी मर्मत सम्भार कोष लागयतका बिषयमा जानकारी गराएका थिए । गैरेले गलकोट नगरपालिकाभित्र १४ मिटरका २ सय ११, १ सय ९८ मिटरका १८ र ६ मिटरका ५२ ओटा सडकलाई वर्गिकरण गरेको छ । नगरपालिकाले सडकको मापदण्ड अनुसार भवन निर्माण गर्दा बर्गिकरण भएका सडकअनुसार निर्माण गर्न आग्रह गरेको छ । गल्कोट नगरपालिका वडा नम्बर ४ को डाँडाखेत, नुवाकोट, टोलमुनिबाट नयाँ ट्रयाक खोली मिलनचोकहुदै बरेङ गाउँपालिका जोड्ने सडकलाई १० मिटर, गलकोट नगरपालिका वडा नम्बर ३ को हटिया र ६ को मजुवा, राजाको पुलहुँदै हरिचौर, ताराखोला, म्याग्दी जोड्ने सडक, गल्कोट नगररपालिका वडा नम्बर ८ को सादिखोला, काँडेबास, मसुरबारीहुदै गलकोट नगरपालिका–३ जोड्ने सडक हटिया बोहोराफाँटा, ज्यामिरे, उचाका, थालेपोखराहुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक साढे १२ मिटर कायम गरेको छ ।
त्यस्तै कार्यक्रममा नगरउपप्रमुख रेनुका काउचा मगरले नगरप्रमुख मातृ तथा नवजात शिशु स्याहार पोषण भत्ता कार्यक्रमको बिषयमा जानकारी गराएकी थिईन् । उनले मातृ तथा नवजात शिशु स्याहार पोषण भत्ता कार्यक्रमको परिचय, प्रारम्भिक चरण, कार्यक्रम संचालन प्रक्रिया, अनुगमन तथा सुपरिबेक्षण सम्बन्धि जानकारी गराएकी थिइएन । कार्यक्रममा उनले सेवाग्राहीले प्राप्त गर्ने सेवा सुबिधा, बजेट ब्यवस्थापन र बितरण, गर्भवती महिलाले नियमित रुपमा एउटै स्वास्थ संस्थामा चारपटक चेकजाँच गराए प्रथमपटक २ हजार, दास्रोपटक १ हजार, तेस्रोपटक १ हजार र अन्तिममा ५ सय गरि ४५ सय प्रदान गरिने लगायतका बारेमा समेत स्पष्ट पारिन् । त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले आर्थिक बर्ष २०७४÷०७५ को आम्दानी खर्च प्रस्तुत गरेका थिए ।
जसअन्तर्गत पहिलो चार महिनामा गलकोट नगरपालिकाले गरेको खर्चको बारेमा जानकारी गराएका थिए । गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को पुजिँगत तर्फ कुल बजेट २० करोड ३ लाख ९९ हजारमध्ये पहिलो ४ महिनामा ४२ लाख ३ हजार २ सय ४६ खर्च भएको जनाएको छ । त्यस्तै, सामाजिक परिचालनतर्फ एलजिसिडिपि कार्यक्रममा कुल १५ लाख ५७ हजारमध्ये पहिलो चार महिनामा ३ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता कार्यक्रममा ९ करोडमध्ये प्रथम चौमासिकमा २ करोड ३१ लख ४१ ह्जार २ सय खर्च भएको अधिकृत सुवेदीले जानकारी दिए ।
सुबेदीका अनुसार, चालु तर्फको कुल बजेट ३ करोड ५५ लाख ११ हजारमध्ये ३७ लाख ६३ हजार १ सय ४४ खर्च भएको छ । त्यस्तै ससर्ततर्फ शिक्षामा कुल १३ करोड १६ लाख ५६ हजारमध्ये २ करोड ४० लाख ३६ हजार १ सय ९९ रुपैया खर्च भएको छभने कृषि भेटेनरीतर्फ २१ लख ९१ हजारमध्ये ७ लाख ७५ हजार ९ सय ५० खर्च भएको छ । सशर्त अनुदानकै स्वस्थ्यतर्फ बिनियोजित बजेट २ करोड ३८ लाख ९ हजारमध्ये ७५ लाख ९९ हजार ७ सय १ रुपैयाँ प्रथम चौमासिकमा खर्च भएको अधिकृत सुवेदीले जानकारी दिए । सुबेदीले प्रथम चौमासिकको खर्च बिबरण सार्बजनिक भएको तर सो भन्दा पछिको खर्च समाबेस नभएको जानकारी दिए । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रसासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleपुरुष भलिबलको उपाधि छन्त्याललाई
Next Article २३ पुस २०७४, ढोरपाटन दैनिक