बागलुङ, २२ पुस – मतदानको प्रक्रियाबाट एकता सहकारी संस्थाको अध्यक्षमा धु्रव प्रसाद शर्मा निर्वाचित भएका छन । शनिवार भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी ईश्वरलाल बज्राचार्यलाई १ सय २८ मतको फराकिलो अन्तरले पराजित गर्दै संस्थाको अध्यक्षमा शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शर्माले ३२८ र बज्राचार्यले २०० मत पाएका थिए ।
अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि अध्यक्ष शर्माले सहकारीलाई संस्थागत रुपमा अझ वढि सवल र उत्पादनमुखी बनाउन आफु लाग्ने वताए । सहकारीलाई सेयर सदस्यमैत्री बनाउदै एकतालाई बागलुङको अग्रज सहकारीको रुपमा स्थापित गर्न आफु क्रियाशिल भइरहनेमा शर्माको जोड थियो ।
गत शनिवार सुरु भएको १९ औ बार्षिक साधारणसभामा अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि हिजो मतदान भएको थियो । अध्यक्ष वाहेकका अन्य सवै पदमा सर्वसम्मत भएको थियो ।
सर्वसम्मत रुपमा चुनिनेहरुमा उपाध्यक्षमा भूपेन्द्र केसी, सचिवमा महेशचन्द्र प्रधान, कोषाध्यक्षमा सुरेन्द्रजंग राजभण्डारी, सहसचिवमा पवनलाल राजभण्डारी र सदस्यहरुमा युवराज राजभण्डारी, सुनिता पुरी, रीतादेवी शर्मा, चन्द्राकली आचार्य, कल्पना श्रेष्ठ, महेन्द्र प्रसाद कँडेल, दिल प्रसाद कँडेल, वावुकाजी केसी रहेका छन । साधारणसभाले लेखा समितिको संयोजकमा लक्ष्मण प्रसाद शर्मा र सदस्यहरुमा हरिराम अधिकारी र एक वहादुर केसीलाई चयन गरेको छ ।
Previous Articleबिदेशीनेको संख्या तिनलाखले बढ्यो
Next Article पार्किङमा राखेको बसमा आगो लाग्यो